विद्यार्थीको भविष्यमाथि यसरी खेलवाड - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

शिक्षा
विद्यार्थीको भविष्यमाथि यसरी खेलवाड

विद्यार्थीको भविष्यमाथि यसरी खेलवाड

शिक्षा
Short Description:

Product Description

विद्यार्थीको योग्यता मापनको सटिक आधार उनीहरुलाई दिइने प्रमाणपत्र नै हो । त्यसैको आधारमा योग्यता प्रमाणित हुन्छ । तर प्रमाणपत्र बनाउने निकायनै गैरजिम्मेवार रुपमा प्रस्तुत भएपछि कसको के लाग्छ ? लाखौं विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिने त्रिभुवन विश्वविद्यालय यसरी गैरजिम्मेवार रुपमा प्रस्तुत भएर विद्यार्थिको भविष्यमाथि लामो समयदेखि खेलवाड गर्दै आएको तथ्य खुलेको छ ।
देशको मुख्य शिक्षालयको पहिचान बनाएको त्रिभुवन विश्व विद्यालयद्धारा वितरित प्रमाणपत्रहरुमा व्यापक त्रुटि भेटिएको छ । त्रिविको यस्तो लापरबाहिले लाखौं विद्यार्थी हैरान बनेका छन् । विद्यार्थीलाई वितरण गरिने प्रमाणपत्रहरुमा अंग्रेजी अक्षेरमा लेखिने ‘Tribhuvan University’ ’नै अस्पष्ट देखिँदा अध्ययनको शिलशिलामा विदेश जान विद्यार्थीहरु समस्यामा परेका हुन् ।
उच्च शिक्षा अध्ययनका लागी जापान जाने तयारी गर्दै गरेका रविन्द्र लामाले भने ‘मैले जापान अध्ययनको लागि सर्टिफीकेट पेस गरेको थिएँ, त्रिविको मास्टर हेड नै रक्सीको नाम जस्तै रहेछ भन्दै नबुझेपछि जापनीजले मलाई भेरिफाई गर्न पठायो ।’

त्रिभूवन विश्वविद्यालयका आंगीक क्याम्पसमा झनै भद्रगोल देखिएको छ । पाटन संयुक्त क्याम्पसको नामको अंग्रेजी अनुवाद नै गलत भएपछि वर्षौंदेखि विद्यार्थी समस्यामा पर्दै आएका छन् । ‘पाटन संयुक्त क्याम्पसलाई अनुवाद गर्दा पाटन जोइन्ट क्यापस हुँदोरहेछ,’ एक विद्यार्थीले भने ‘पाटन मल्टीपल क्याम्पस लेखिएको चारित्रिक प्रमाणपत्रले गर्दा मैले पाएको सर्टिफिकेटको अर्थ रहेन ।’

आंगीक क्याम्पसको यस्तो गल्ती
पाटन क्याम्पसद्वारा विद्यार्थीलाई उपलब्ध गराइने चारित्रिक प्रमाणपत्रहरुमा उल्लेखित कुनै पनि नम्वर हाल क्याम्पसको प्रयोगमा रहेको पाइँदैन । रातोपाटीलाई प्राप्त विभिन्न कागजपत्रमा उल्लेखित फोन नम्बरमा हामीले पटक–पटक फोन गर्दा क्याम्पसको साटो निजी घरधनी हरुले फोन उठाए ।
उल्लेखीत टेलिफोन नम्बर ५२६०३१० नम्बरमा सम्पर्क गर्दा ललितपुरको चाकुपाटस्थित ममता श्रेष्ठले उठाईन् । उनले आफूलाई पाटन क्याम्पसको विद्यार्थी भन्दै फोन गर्नेले हैरान पारेको रातोपाटीसँग गुनासो गरिन् । ५२६०३३०, ५२६०२९४, ५२२०७६, ५५३९१३३,५२६०३९४ यी सबै फोन पाटन क्याम्पसको होइन तर क्याम्पसद्वारा यहि टेलिफोन नम्बर उपलब्ध गराइने गरेको छ ।
पाटन क्याम्पसले प्रयोग गर्ने क्याम्पसको छाप नै गलत भएको समेत भेटिएको छ । छापमा क्याम्पसको ठेगाना पाटनढोका नै गलत भेटिएपछि कैयौं विद्यार्थी समस्यामा पर्दै आएका छन् । लेटरप्याडमा नेपालीमा ‘पाटन ढोका’ छुट्टाछुट्टै छ तर अंग्रेजीमा पाटनढोका जोडेर लेखिएको छ । ‘सामान्य गल्ति भै हाल्छन् ।’ पाटन क्याम्पस प्रमुख अमन श्रेष्ठले भने ‘क्याम्पसको नाम म आफैले चाहेर पनि सच्याउन सक्दीन ।’ उनले टेलिकमको कमजोरीको कारण नम्बर गलत हुन गएको आरोप लगाए ।

महेन्द्ररत्नको चारवटा छाप

क्याम्पसले दिने आधिकारीक प्रमाणपत्रमा एउटा छापमात्र छाप प्रयोगमा आउनुपर्ने भएपनि महेन्द्ररत्न क्याम्पस ताहाचलले भने चारवटा छाप प्रयोगमा ल्याउने गरेको छ । त्रिवीका अन्य आंगीक क्याम्पसले भने एउटै मात्र छाप प्रयोग गर्ने गरेका छन् । ताहाचलको छाप प्रयोग पछि क्याम्पसको आधिकारीक हो वा होइन भनेर फेरी अर्को प्रमाणीत पत्र लेख्नु पर्ने प्रावधान छ । ‘हाम्रो क्याम्पसको चारवटा छाप छन् ।’ सहायक क्याम्पस प्रमुख उत्तमलाल श्रेष्ठले रातोपाटीसंग भने ‘तपाईंलाई चाहियो भने पनि त्यहि विधिबाट बनाईदिउँला ।’
शंकरदेबको अस्पष्ट ठेगानाले विद्यार्थी हैरान

शंकरदेब क्याम्पसका विद्यार्थी एन्जल लामाले क्याम्पसको ठेगानाको अक्षर विग्रिएपछि लामो समय हैरानी पाए । उनी जपान अध्ययनको लागि प्रक्रियामा थिए । तर क्याम्पसले दिएको उनको प्रमाणपत्रमा क्याम्पसले गलत अंग्रेजी ठेगाना उल्लेख गरेपछि एञ्जल त्यसलाई सच्याउन चार पटकसम्म शंकरदेव धाए । ‘चार पटक सम्म क्याम्पस गएँ,’ उनले भने ‘तर क्याम्पस प्रमुखले यति कुरामा पनि किन आएको भनेर उल्टै गाली गलौज गर्नुभयो ।

0 Reviews:

Post Your Review