यसरी थाहा पाउनुहोस् नचिनेको नम्बर - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

 यसरी थाहा पाउनुहोस् नचिनेको नम्बर

यसरी थाहा पाउनुहोस् नचिनेको नम्बर

Short Description:

Product Description


truecaller-iphone
कहिले ब्लफ कल, तर कहिले मार्केटिङ एजेन्टको निरन्तरको हैरानी । अझ ब्यापारीका लागि त मोबाइल फोनमा नचिनेको नम्बरबाट आउने कल ठूलो लफडाका बिषय हुन्छ ।
बिकाशशील मुलुकमा बढ्दो मोबाइलको प्रयोगले प्रयोगकर्तालाई दुःख पनि दिइरहेको छ । त्यसैले अक्सर मानिसहरु नचिनेको नम्बरका आएको कल हत्तपत्त उठाउँदैनन् ।
तर, प्रबिधिको दुनियाँमा त्यति सानो समस्यादेखि डराइहाल्नुपर्ने अबस्था छैन् । नचिनेको नम्बरबाट आएको कलको बिस्तृत जानकारी फोन नउठाई सजिलै थाहा पाउन सकिन्छ । मात्र तपाईले एप स्टोरमा गएर ट्रु कलर एप्स डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ ।
के हो ट्रु कलर ?
ट्रु कलर एउटा गजबको स्मार्टफोन एप्स हो जसले तपाइको मोबाइलमा सेभ नभएको नम्बरबाट फोन आएमा त्यो नम्बरको असली प्रयोगकर्ता को हो भन्ने पहिले नै भनिदिन्छ ।
निरन्तर फोन गरेर दुःख दिने टेलिमार्केटिङ पर्सनको, वा ब्लफ कल गर्नेको नम्बर ब्लक गरेर तपाई दुःखबाट मुक्ति पाउन सक्नुहुन्छ ।
यदि कुनै ट्रु कलर प्रयोगकर्ताले कालोसूचीमा राखेको वा ब्लक गरेको नम्बर छ भने त्यस्तो नम्बरबाट कल आउँदा तपाईलाई ट्रुकलर सिस्टमले सूचित गर्ने छ । त्यस्तो कल रिसिभ नगरी तपाईले पनि ब्लक गर्न सक्नुहुन्छ । यतिमात्र हैन, अनि आफ्नो मोबाइलमा सेभ नभएका संसारभरिका नम्बरहरु सर्च गर्न सक्नुहुन्छ ।
Blocklist-smallमुलतः यो एक फोनबुक एप हो जसलाई तपाईको फोनमा इन्स्टल गरेपछि त्यसमा दर्ता हुनुपर्छ । त्यसपछि तपाईको स्मार्टफोनमा रहेको फोनबुक ट्रुकलर फोनबुकमा समाहित हुन्छ । तर, तपाईको लोकल फोनबुकमा रहेका सम्पर्क नम्बरहरु सार्वजनिकरुपमा सर्च गर्न मिल्दैन र तपाईको फोनबुक ट्रुकलरमा अपलोड पनि हुँदैन् ।
यतिमात्र हैन, यही एपमार्फत् ट्वीट गर्न वा ट्वीटरमा अन्य साथीलाई फलो गर्न पनि सकिन्छ ।
यही बिशेषताकै कारण संसारभरका करिव १० करोड प्रयोगकर्ताले आफ्नो मोबाइल फोनबुकलाई ट्रु कलर फोनबुकले रिप्लेस गरिसकेका छन् ।
ट्रु कलर एन्ड्रोइड, एप्पल, विन्डोज, ब्ल्याकबेरी, सिम्बियन, टिजेन, फायरफक्स लगायतका सवैजसो अपरेटिङ सिस्टममा उपलब्ध छ । ६ बर्षअघि स्वीडिस कम्पनीले बिकाश गरेको ट्रुकलरमा हरेक दिनजसो प्रयोगकर्ता दोब्बर बढिरहेका छन् ।
ट्रु कलरले नै ट्रु डायलर नामक अर्को मोबाइल एप्सको बिकाश गरेको छ जसले तपाईले कुनै नयाँ नम्बरमा फोन गर्न लाग्नुभयो भने कल जानुअघि नै प्रयोगकर्ताको बिस्तृत जानकारी दिन्छ । दुई महिनाअघि सार्वजनिक भएको यो एप्समा २० लाखभन्दा बढि प्रयोगकर्ता छन् ।

0 Reviews:

Post Your Review