बास्केटबल टोली बैंकक जाँदै - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
बास्केटबल टोली बैंकक जाँदै

बास्केटबल टोली बैंकक जाँदै

SHYANE समाचार
Short Description:

Product Description

पुष २४।  भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीका लागि नेपाली बास्केटबल टोली थाइल्यान्डको बैंकक जाने भएको छ ।
सागका लागि छनोट भएका पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२-१२ रहेको छ ।
पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, विनोद महर्जन, राजिव जोशी, सोनाम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी, सहायक प्रशिक्षकमा विकु महर्जन र व्यवस्थापकमा विनोद श्रेष्ठ छन् ।
त्यस्तै महिलामा सदिना श्रेष्ठ, प्रीति तुलाचन, स्नेहा श्रेष्ठ, लुनिभा सिंह, अनुषा मल्ल, ज्ञानु गौचन, एलिना गुरुङ, भावना लामा, सुजाता राई, माया स्याङ्तान, श्रेया खड्का तथा एलिसा मल्ल छन् । प्रशिक्षकमा विकास शाही र सहायक प्रशिक्षकमा निराजन सत्याल रहेका छन् ।
प्रशिक्षक शाहीका अनुसार टोली करिब १ महिना बैंककमा रहने छ ।


from SHYANE http://ift.tt/1S7gYcn
via समाचार

0 Reviews:

Post Your Review