कस्तो पासवर्ड सबैभन्दा सुरक्षित ? - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
कस्तो पासवर्ड सबैभन्दा सुरक्षित ?

कस्तो पासवर्ड सबैभन्दा सुरक्षित ?

SHYANE समाचार
Short Description:

Product Description

अनलाइन सुरक्षाको बारेमा सबैका आ आफ्ना अनुभव तथा मान्यता हुन सक्छन् । कतिपय मानिसहरुको दाबी हुन्छ, उनीहरुको पासवर्ड यति सुरक्षित छ की त्यसलाई कसैले पनि ह्याक गर्न सक्दैन । कतिपय मानिसहरु भने आफ्नो अकाउण्डको सुरक्षाका विषयमा कत्तिपनि चिन्तित हुँदैनन् वा पासवर्ड ह्याक हुनसक्ने कुरामा कत्तिपनि ध्यान दिँदैनन् ।
आजको डिजिटल दुनियामा यदि तपाइँलाई अनलाइन सुरक्षाको शतप्रतिशत ग्यारेन्टी छैन भने तपाइँको अकाउण्टबाट पैसा समेत चोरी हुनसक्छ वा तपाइँको गोप्य तथा महत्वपूर्ण जानकारीमाथि गलत व्यक्तिको पहुँच पुग्नसक्छ ।
अनलाइन सेक्योरिटीसँग सम्बन्धित कतिपय भ्रम पनि मानिसहरु पालिरहेका हुन्छन् । कहिलेकाहीँ टि्वटर, फेसबुक जस्ता सोसल मिडियामा आउने भ्रमपूर्ण तथा अर्धसत्य जानकारीहरु पढेर पनि मानिसहरु दिग्भ्रमित भैरहेका हुन्छन् । यस्तै तिनवटा भ्रमहरु यस्ता छन्ः
आजभोलि सबै वेबसाइटहरुले टू फ्याक्टर अथेन्टिफिकेसनमा विश्वास गर्दछन् । यसमा कतिपय वेबसाइटले प्रयोगकर्ताको मोबाइल नम्बरमा एक म्यासेज पठाएर त्यो कोड नं. वेबसाइट लगइन गर्दा त्यसमा हाल्न लगाउँछन् । यसो गर्नु निकै सुरक्षित हुने ठानिन्छ । तर टु फ्याक्टर अथेन्टिफिकेसनको भर परेर तपाइँले आफ्नो अनलाइन अकाउण्टको लगइन पासवर्ड कमजोर राख्नुभयो भने त्यो प्रत्युत्पादक बन्नेछ । यदि तपाइँले टु फ्याक्टर अथेन्टिफिकेसनको प्रयोग गरिरहनुभएको छ भने आफ्नो ब्याकअप कोड डाउनलोडड गर्न नभुल्नुहोस् ।
कतिपय अनलाइन सेक्योरिटी कम्पनीहरु अहिले प्रयोगकर्ताको पासवर्ड सुरक्षित राख्ने दाबी गर्छन् । तर यस्ता कम्पनीको भर परेर आफ्नो पासवर्ड दिँदा तपाइँको पासवर्ड एन्त्रिmप्सन नगरीकन राखिन सक्ने र त्यो झनै चोरी हुनसक्ने जोखिम हुन्छ ।अनलाइन सेक्योरिटी कम्पनीहरुलाई इन्टरनेट प्रयोगकर्ताको अकाउण्ड पासवर्डलाई एनक्रिप्ट गरेर राख्न महंगो पर्छ । केही समयका लागि एक्रिप्ट नगरीकनै पासवर्ड भण्डारण गर्दा सस्तो पर्दछ । त्यसैले अनलाइन सेक्योरिटी कम्पनीहरुमा पासवर्ड एनक्रिप्ट गर्ने प्रणाली भएको ग्यारेन्टी भएपछि मात्र आफ्नो पासवर्ड स्टोर गर्नुपर्छ ।
कतिपय वेबसाइटमा पासवर्ड मिटर हुन्छ र त्यसले भन्दछ जस्तै, तपाइँको पासवर्ड ९५ प्रतिशत मजबुत छ । तर त्यो मजबुती ह्याकरलाई लागि कमजोर सावित हुनसक्छ ।
पासवर्ड परिवर्तन गरिरहँदा पनि त्यो निकै बलियो बन्ने ग्यारेन्टी हुँदैन । त्यसैले यदि तपाइँले अक्षर, अंक तथा स्पेसल क्यारेक्टर समेत मिलाएर लामो पासवर्ड तयार गर्नुभयो भने त्यो सुरक्षाका दृष्टिले सबैभन्दा उत्कृष्ट सावित हुनेछ । बीबीसी


from SHYANE http://ift.tt/1RqDPOq
via समाचार

0 Reviews:

Post Your Review