महिलाको किशोरावस्था - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

यौन /स्वास्थ्य
महिलाको किशोरावस्था

महिलाको किशोरावस्था

यौन /स्वास्थ्य
Short Description:

Product Description

महिलाको किशोरावस्था भु्रण अवस्थाको ६ हप्तामा यसको विकास शुरु भए पनि किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरुमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २–३ बर्षको चाँडो ढिलो हुन सक्छ । इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ । 
स्तनको विकासलाई विभिन्नका चरणमा वर्गिकरण गर्ने गरिएको छ स्तनको विकासको कुरा गर्दा आकृति, आयतनलाई नै ट्यानर स्टेज भनिने ५ चरणमा बाँडिएको छ । 
पहिलो चरण– यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यस अवस्थामा स्तनको मुण्टोमात्र केही उठेको हुन्छ । 
दोस्रो चरण– बड अर्थात भर्खरैको कोपिला जस्तो देखापर्छ, स्तन र मुण्टो अलिकति माथि उठेको हुन्छ । एरोला (मुण्टो वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठुलो भएर आउँछ । 
तेस्रो चरण– स्तन अझै बढ्ने र ग्रन्थीय तन्तु बन्न थाल्दछ । 
चौथो चरण– एरोला र मुण्टो अझै उठ्ने (बढ्ने) र स्तनको सबै भागमा अझ वृद्धि हुने । 
पाँचौ चरण– स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, एरोला स्तनको अन्य भागको सतह समान हुने र मुण्टो मात्र उठेको स्थितिमा हुन्छ । 
स्तनको आकारको महत्व स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ । 
विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् । कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ । यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ । आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।
स्तनको आकारप्रकार व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला । त्यसैगरी गरी आकृति पनि गोलाकारदेखि झोल्लिएको हुनसक्छ । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैमा सुस्त । गर्भवति र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो भएको हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ । सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ । स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।

0 Reviews:

Post Your Review