यो समस्याबाट विश्वका दशौं लाख महिला पीडित छन् । तर लाजका कारण उपचार नगरी चुपचाप सहिरहेका छन् । स्त्रीरोग विशेषज्ञहरुका अनुसार महिलामा हुने योनि संकुचनका बारेमा निकै कममात्र सार्वजनिक रुपमा छलफलमा आउँने गर्छ । संकुचनका कारण महिलाहरु सम्भोग र योनि परीक्षणलगायतका अवस्थामा पीडा अनुभव गर्छन् । ‘यो समस्याबाट विश्वका लाखौं महिला प्रभावित भएको अनुमान गरिएको छ ।’ स्त्रीरोग विशेषज्ञ डा. गीता बंैकट भन्छिन्, ‘तर, लाजकै कारण यसलाइ दबाएर बस्नुहुन्न ।’ उनका अनुसार नितान्त व्यक्तिगत समस्या मानिने यसले महिलालाई असफल भएको महसुस गराउँने गर्छ । ‘तर, समयमै सही उपचार पाउँने हो भने यो निको हुन्छ ।’ डा. बैंकट भन्छिन् । योनिको तन्तु र मांसपेशीमा अचानक तनाव उत्पन्न हुँदा संकुचन उत्पन्न हुन्छ । डा. बैंकटका अनुसार संकुचनका कारण सेक्समा असहज र पीडादायी हुन्छ । कहिलकाही लिंग प्रवेश नै असम्भवजस्तै हुन्छ । यसलाई पूर्णत निको पार्न नसकिएपनि उपचारमार्फत् संकुचनको अवस्थालाई क्रमिक रुपमा सुधार गर्न सकिन्छ । बोटोक्स इन्जेक्सनमार्फत् योनिको मांसपेशीको क्षेत्रलाई लचिलो बनाउन सकिन्छ ।
पुष २४। भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद -साग) को तयारीका लागि नेपाली बास्केटबल टोली थाइल्यान्डको बैंकक जाने भएको छ । सागका लागि छनो...
SPORTS
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nulla elementum viverra pharetra. Nulla facilisis, sapien non pharetra venenatis, tortor erat tempus est, sed accumsan odio ante ac elit./p>
0 Reviews:
Post Your Review