मानव लिंग प्रत्यारोपण - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

 मानव लिंग प्रत्यारोपण

मानव लिंग प्रत्यारोपण

Short Description:

Product Description

अहिले चिकित्सा क्षेत्र अंग प्रत्यारोपणको युगमा छ । मुटु, कलेजो तथा मृगौलाजस्ता निकै महत्वपूर्ण आन्तरिक अंग प्रत्यारोपण गर्ने जटिल काममा समेत वैज्ञानिकहरु सफल भएका छन् । अब निकट भविष्यमै अंग प्रत्यारोपणको क्षेत्रमा अर्को अहम् उपलब्धी हाँसिल हुने भएको छ । वैज्ञानिकहरुले लिंग प्रत्यारोपणको प्रयोगमा महत्वपूर्ण उपलब्धी हात पारेका छन् ।
सन् १९९९ देखि लिंग प्रत्यारोपणको प्रयोगमा जुटिरहेका अमेरिकी वैज्ञानिक एन्थोनी एटालाले खरायोको लिंग प्रत्यारोपणको प्रयोगमा महत्वपूर्ण सफलता हात पारेको बेलायती पत्रिका द मिररलाई बताएका छन् ।
यद्यपि अहिलेसम्म मानिसमा यो प्रयोग गरिएको छैन । तथापि नर्थ क्यारोलिनाको वेक फोरेस्ट इन्स्टिच्युटका एटाला सहितका वैज्ञानिकहरुले खरायोमा गरेको परीक्षणले अब मानिसमा लिंग प्रत्यारोपण गर्न सकिने सम्भावना समेत टाढा नभएको देखाएको छ । उनीहरुका अनुसार अबको ५ वर्षमा मानिसमा समेत लिंग प्रत्यारोपण गर्न सकिनेछ ।
यदि मानिसमा लिंग प्रत्यारोपण सफल भयो भने त्यो सफलता रोग, चोटपटक लगायतका कारणले लिंग गुमाएका तथा विकृत भएका पुरुषहरुका लागि वरदान सावित हुनेछ ।
मानिसमा उसकै कोषबाट कृत्रिम लिंग सिर्जना गरी प्रत्यारोपण गर्न सकिने शोधकर्ताको भनाइ छ । शोधकर्ता एटालाले मानिसको अंगको विकाश गर्ने काम साइन्स फिक्सन नभएको र यो अहम आवश्यकताको विषय भएको बताएका छन् ।
सन् २००६ मा डाक्टर एटाला सहितको वैज्ञानिक टोलीले विश्वमै पहिलोपटक जैविक इन्जिनियरिङ प्रविधिबाट विकशित मुत्रथैलीको सफलतापूर्वक प्रत्यारोपण गराएका थिए ।
त्यस्तै सन् २००५ देखि २००८ सम्म पनि बायोइन्जिनियरिङ मार्फत उत्पादित कृत्रिम योनी समेत महिलामा प्रत्यारोपण गरिएको थियो ।

0 Reviews:

Post Your Review