डिभिजन टू क्रिकेटमा क्यानडाविरुद्ध नेपालको शानदार जित - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

खेल
डिभिजन टू क्रिकेटमा क्यानडाविरुद्ध नेपालको शानदार जित

डिभिजन टू क्रिकेटमा क्यानडाविरुद्ध नेपालको शानदार जित

Short Description:

Product Description

 आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले दोस्रो जित हात पारेको छ । कप्तान पारस खड्काको आक्रमक व्याटिङ र करण केसीको उत्कृष्ट बलिङको मदतमा नेपालले मंगलबार क्यानडालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो ।
जितसँगै नेपालको डिभिजन टूमा रहने सम्भावना बलियो भएको छ भने डिभिजन वानमा उक्लने सम्भाबना पनि कायम छ ।
क्यानडाले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव रहृयो । नेपालले दुई ओपनरलाई खाता नखोल्दै गुमाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा नरेश बुढायर र चौथो बलमा सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।
तर, नेपालको पारी कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । पारस ७७ रनमा आउट भए । ज्ञानेन्द्र ३२ रनमा अविजित रहे भने विनोद भण्डारी एक रनमाअविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको क्यानडाले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर ११४ रन बनायो ।
नेपाली बलरहरु चम्किएपछि क्यानडाका ब्याट्सम्यानहरु सुरुबाटै निकै दबावमा आए । क्यानडाले पहिलो ओभरको चौथो बलमा कुल १ रन जोड्दा नै पहिलो विकेट गुमाएको थियो । नेपालका सोमपाल कामीले कुमारको विकेट लिए ।
त्यसपछि करण केसी चम्किए । उनले लगातार चार विकेट लिएपछि क्यानडा ११.४ ओभरमा २२ रन जोड्दा ५ विकेट गुमाएको थियो । उसका मध्यक्रमका ब्याट्सम्यानले पारी उकास्ने प्रयास गरे पनि नेपाली बलरहरु हावी भए ।
नेपालका करणले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । प्रथम श्रेणीको क्रिकेटमा नेपाली बलरले गरेको यो उच्च प्रदर्शन हो ।
सामपालले १० ओभरमा २ मेडन राख्दै २८ रन दिएर २ विकेट लिए । १० ओभर नै बलिङ गरेका कप्तान पारस खड्काले २ मेडन राख्दै १७ रन खर्तिएर १ विकेट लिए ।
शक्ति गौतनले ५.२ ओभरमा ५ रन दिएर १ तथा सागर पुनले ४ ओभरमा ११ रन दिएर १ विकेट लिए । बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

0 Reviews:

Post Your Review