अहिलेसम्म नामै नसुनिएको एउटा अमेरिकी कम्पनीले हालसम्मकै सबैभन्दा धेरै क्षमता भएको एन्ड्रोइड स्मार्टफोन बनाएको छ ।
हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स एक्सपोमा सेगस नामक कम्पनीले ‘सेगस भी २’ नामको यस्तो फोन प्रर्दशनीमा राखेको थियो ।यो फोनको मुख्य बिशेषता भनेको तपाईले यसमा ३२० जीवीसम्म डाटा स्टोर गर्न सक्नुहुन्छ ।
फोनमा ६४ जीबी आन्तरिक क्षमता छ । जसमा १२८ जीबी क्षमताका दुईवटा माइक्रो एसडी कार्ड प्रयोग गर्न सक्नुहुन्छ । माइक्रो एसडी र आन्तरिक कार्डको क्षमता जोड्दा ३२० जीबी हुन्छ ।
पााच इन्च स्क्रिनयुक्त यो फोनमा पछाडीको क्यामेरा २१ मेगापिक्सेल क्षमताको छ भने सेल्फी क्यामेरा १३ मेगापिक्सेलको । दुवै क्यामेरा अप्टिकल इमेज स्टेबलाइजेसन प्रबिधियुक्त छन् ।
यसमा वायरलेस चार्जिङ, वायरलेस एचडीएमआई सुबिधा छन भने ३१०० एमएएच क्षमताको ब्याट्री जडित छ । एन्ड्रोइड किटक्याट ४.४.४ अपरेटिङ सिस्टम लाग्ने यो फोनमा पानी भित्र छिर्न सक्दैन् । एक मिटर गहिरो पानीमा ३० मिनेट डुब्दा पनि फोन बिग्रदैन् ।
डिजाइनमा त्यति धेरै सिर्जनशील नभए पनि नराम्रो भने छैन् । फोन उत्पादकले आगामी फेब्रुअरीदेखि बिक्रि खुला गर्ने बताएका छन् ।
सेगसले अहिलेसम्म फोनमा उपलब्ध सवैखाले सुबिधालाई उच्च बिन्दुमा दिन कोसिस गरेको देखिन्छ । स्टोरेज क्षमतामात्र हैन, ब्याट्री क्षमता र क्यामेराको क्षमता पनि उच्चबिन्दुमा दिएको छ ।
सेगसले अहिलेसम्म फोनमा उपलब्ध सवैखाले सुबिधालाई उच्च बिन्दुमा दिन कोसिस गरेको देखिन्छ । स्टोरेज क्षमतामात्र हैन, ब्याट्री क्षमता र क्यामेराको क्षमता पनि उच्चबिन्दुमा दिएको छ ।

0 Reviews:
Post Your Review