क्रोमका उपयोगी फिचर्स - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
क्रोमका  उपयोगी फिचर्स

क्रोमका उपयोगी फिचर्स

ज्ञान बिज्ञान
Short Description:

Product Description

इन्टरनेट ब्राउजरमा गुगलको गुगल क्रोम निकै चर्चित बन्दै गैरहेको छ । गुगल क्रोम प्रयोगकर्ताका लागि गुगलले केही उपयोगी सुविधाहरु समेत प्रदान गरेको छ । क्रोम वेबस्टोरमा केही यस्ता निशुल्क फिचर्सहरु हुन्छन्, जो इन्टरनेट प्रयोगकर्ताका लागि उपयोगी सावित हुन्छन् । क्रोममा हुने ५ विशेष एक्स्टेन्सन यी हुन्-
AdBlock - जसले वेबपेजमा आउने विज्ञापनहरुलाई ब्लक गरिदिन्छ । यदि तपाइँले टोरेन्ट जस्ता केही वेबसाइट खोल्नुभयो भने आफुलाई नचाहिने विज्ञापनका कारण हैरानमा पर्न सक्नुहुन्छ । यु ट्युबमा भिडियो हेर्न खोज्दा खास भिडियो प्ले हुनुअघि बज्ने ५ सेकेण्डको भिडियोले पनि दिक्क पार्नसक्छ । यसका लागि क्रोमको एड ब्लक फिचर्स निकै उपयोगी सावित हुन्छ । यहाँबाट गर्नुहोस् एड ब्लक डाउनलोड
MightyText- आफ्नो कम्प्युटरबाट कुनैपनि एन्ड्रोइड फोनमा टेक्स्ट म्यासेज पठाउन सकिन्छ । यो फिचर्स यस्ता प्रयोगकर्ताका लागि उपयोगी हुन्छ जो आफ्नो कम्प्युटरमा काम गर्दा यति धेरै व्यस्त हुन्छन् की मोबाइल फोनतर्फ पनि ध्यान दिन पाउँदैनन् । कम्प्युटर तथा ल्यापटपको मद्दतले कुनैप्नि नम्बरमा एक्स्टेन्सन म्यासेज पठाउन सकिन्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो फोनलाई कम्प्युटर वा ट्याबलेट संग सिंक्रोनाइज गर्नुपर्छ । यहाँबाट गनुहोस् डाउनलोड
Disconnect-  सोसल, डिजिटल तथा पर्सनल ट्रयाकरबाट टाढा राख्छ । यो एक्स्टेन्सन ती मानिसहरुका लागि उपयोगी हुन्छ जसलाई गुगल, एलालिटिक्स, विज्ञापन तथा सोसल केन्टेन्टबाट बचावट जरुरी हुन्छ । गुगल तथा अन्य सोसल ट्रयाकरहरुले इन्टरनेट प्रयोगकर्ताको विषयमा जानकारी लिन्छन् र त्यो जानकारीको प्रयोग आफ्नो विज्ञापन पठाउनमा प्रयोग गर्छन् । अदृश्य ट्रयाकरले आफ्नो गोपनीयतामा खतरा पूराइरहेको अनुभुति गर्नेहरु तथा अनावश्यक निगरानीबाट बच्न चाहनेका लागि यो फिचर्स उपयुक्त हुन्छ । यहाँबाट डाउनलोड गर्न सकिन्छ
Personal Blocklist -इन्टरनेट चलाउँदा कुन डोमेनलाई ब्लक गर्ने र कुनलाई नगर्ने भन्ने कुरा निर्णय गरि सोही बमोजिम गर्न सकिन्छ, यो एक्स्टेन्सको सहयोगले । यदि तपाइँलाई कुनै वेब डोमेनको रिजल्ट आवश्यक पर्दैन भने उसलाई पर्सनल ब्लक लिस्टमा हाल्न सक्नुहुन्छ । यो एक्स्टेन्सनले एउटा फिल्टरको रुपमा काम गर्छ । यसलाई डाउनलोड गरेसँगै प्रयोगकर्ताले भिडियो, च्यानल, तथा वेब डोमेन सबैलाई आफ्नो सुविधा अनुसार ब्लक गर्न सक्छन् । यसरी डाउनलोड गर्नुहोस्
Gmail Offline- अफलाइन मोडमा जिमेल अकाउण्ट चेक गर्ने सुविधा प्रदान गर्छ । जिमेल अफलाइन एक्सटेन्सनले त्यो समयको बचत गरिदिन्छ जुन अनलाइन रहँदाका बखत खर्च हुन्छ । अनलाइन वेबब्राउजिङ, न्यूज सर्चिङ तथा अन्य काम गरेपछि यो एक्सटेन्सनले प्रयोगकर्तालाई अफलाइन मोडमा गएर आफ्नो इमेल चेक गर्ने, कम्पोज गर्ने तथा मिलाउने र पठाउने लगायतका सुविधा प्रदान गर्छ । 

0 Reviews:

Post Your Review