चिनियाँ स्मार्टफोनको तिब्र लखेटाइमा परेपछि नाफामा ३७ प्रतिशत गिरावट भोगेको कोरियाली मोबाइल उत्पादक कम्पनी सामसुङले आफ्नो रणनीतिमा ब्यापक फेरबदल गर्दै छ ।
शाओमी र जियोनीजस्ता चिनियाँ मोबाइल उत्पादकले उस्तै फोन निकै सस्तोमा बेच्न थालेपछि सामसुङले आफ्नो साम्राज्य गुमाउँदै गएको छ । सोही कारण सामसुङले आफ्ना फोनलाई चिनियाँ फोनभन्दा उत्कृष्ट र भिन्न देखाउन बिभिन्न योजनाहरु बनाइरहेको छ । जसमध्ये केही योजनाको हालै खुलासा भएको छ । जसअनुसार सामसुङले अब प्लास्टिक कभरको साटो एप्पलले झैं धातुयुक्त कभर भएका स्मार्टफोन निर्माण गर्दै छ । आगामी मार्च महिनामा सार्वजनिक हुन लागेको सामसुङ ग्यालेक्सी एस ६ मेटलयुक्त कभरमा आउँदै छ । केही हप्तापहिले ग्यालेक्सीको मेटल कभरको तस्वीर इन्टरनेटमा चुहिएको थियो । ग्यालेक्सी एस ६ कै अर्को मोडल भने कर्भ स्क्रिनयुक्त हुने छ । यो अघिल्लो बर्ष सार्वजनिक भएको कर्भ स्क्रिनयुक्त ग्यालेक्सी नोट इज जस्तै हुने छ ।

यसैगरी सामसुङले ग्यालेक्सी एस ६ सँगै नयाँ स्मार्टवाच पनि सार्वजनिक गर्ने छ जसको डिजाइन मोटोरोलाको स्मार्टवाचसँग मिल्दोजुल्दो हुने छ ।
अहिलेसम्म चारपाटे डिजाइनमा स्मार्टवाच निकाल्दै आएको सामसुङले मोटो जी ग्राहकले रुचाएपछि गोलाकार स्मार्टवाच बनाउन लागेको हो । सामसुङले गत बर्ष नै चौकोसमा मात्र धातु प्रयोग गरेर ग्यालेक्सी अल्फा मोडल सार्वजनिक गरेको थियो । सामसुङको बजारको रेस्पोन्स चेक गर्न कर्भयुक्त ग्यालेक्सी इज र मेटलयुक्त ग्यालेक्सी अल्फा ल्याएको र त्यसलाई रुचाएको निष्र्कषसहित ग्यालेक्सी नोट ६ मा यसको प्रयोग गर्न लागिएको बिजनेस इनसाइडरले जनाएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएका चिनियाँ मोबाइलहरु जस्तै शाओमी, जियोनी, हुवावे लगायतका ब्राण्डले सामसुङभन्दा निकै कम मूल्यमा उत्कृष्ट स्मार्टफोन बेच्न थालेपछि सामसुङको बजार खुम्चिन थालेको छ ।

जसले गर्दा सामसुङलाई आफ्ना उत्पादनहरु चिनियाँ उत्पादनभन्दा भिन्न हुन भन्ने सावित गर्नुपर्ने चुनौती छ । त्यसैले सामसुङले सकेसम्म बढि भेराइटीमा फोन उत्पादन गर्ने र प्रिमियम क्लासका एन्ड्रोइड प्रयोगकर्तामाझ पकड जमाउने योजना बनाएको छ ।
सामसुङले आक्रामक बजार विस्तार गर्दा पेलिएको एप्पलले पनि आफ्नो बजार हिस्सा जोगाउन पि्रमियम ग्राहकलाई कब्जा गर्ने बढि भेराइटीमा उत्पादन गर्ने रणनीति अख्तियार गरेको थियो । अब सामसुङले पनि एप्पलको नक्कल गर्दै आफ्नो गिर्दै बजारलाई भरथेग गर्ने कोसिस गरिरहेको छ ।

0 Reviews:
Post Your Review