थाहा पाएको १ घण्टापछि युवतीले जन्माइन् छोरी - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
 थाहा पाएको १ घण्टापछि युवतीले जन्माइन् छोरी

थाहा पाएको १ घण्टापछि युवतीले जन्माइन् छोरी

रोचक जानकारी
Short Description:

Product Description

बच्चा जन्माउने बेला हुँदासम्म कुनै युवतीलाई आफु गर्भवती भएको समेत थाहा हुँदैन, त्यो पनि अमेरिका जस्तो देशमा । निकै अचम्म लाग्दो यो घटना अनुसार कम्मर दुखेर कम्मरको उपचार गर्न अस्पताल पुगेकी एक युवतीलाई अस्पतालमै आफु गर्भवती भएको थाहा भयो र अस्पतालमै बच्चा समेत जन्माइन् ।
घटना म्यासाच्यूसेट्सको हो । २३ वर्षकी केटी क्रोपस कम्मर दुखाइको पीडाले थलिएकी थिइन् । उनलाई कम्मर किन दुखिरहेको छ भन्ने थाहा थिएन त्यसैले उपचारको लागि डाक्टरकहाँ पुगिन् । अस्पतालमा चेकजाँच गराउँदा डाक्टरहरुले एक्कासी उनको पेटमा गर्भ रहेको बताएपछि उनी छाँगाबाट खसेझैँ भइन् । आफु गर्भवती भएको थाहा पाएको एक घण्टामै उनले छोरी समेत जन्माइन् ।
केटीले स्थानीय संचारमाध्यमलाई बताए अनुसार मंगलबार बिहान उनी कम्मर दुखाइको समस्या दिएर अस्पताल पुगेकी थिइन् । अस्तालमा मंगलबार रात उनको अल्ट्रासाउण्ड गराइयो । अल्ट्रासाउण्डपछि उनलाई एकाएक प्रसुति गराउने कोठामा लगियो । आफुलाई बच्चा जन्माउने कोठामा लगिएपछि उनले त्यहाँ ल्याउनुको कारण सोधिन् । डाक्टरहरुले उनी गर्भवती रहेको र बच्चा जन्मिने बेला भएको बताएपछि उनी एकाएक छाँगाबाट खसेझैँ भइन् । राति सबा १० बजे आफु गर्भवती भएको थाहा पाएकी उनले ११ बजेर ६ मिनेट जाँदा छोरी जन्माइन् ।
आफ्नो कोखबाट जन्मिएकी छोरीको बाउ को हो ? भन्ने आफुलाई जानकारी नभएको उनको जिकिर छ । तर डाक्टरहरुले भने बच्चामा पेट हुँदासम्म आफुलाई त्यसको बारेमा अन्तिम सम्म जानकारी नभएको बताएर धेरैले नखरा पार्ने भन्ने उनको दाबी पत्याएनन् । बच्चा पेटमा हुँदा समेत थाहा नपाएको भन्ने उनको जिकिरलाई अस्पतालका अरुले पनि खुबै खिल्ली उडाए ।
केटीले आफ्नी छोरीको नाम एली राखेकी छिन् । अन्तिम समयसम्म पनि बच्चा पेटमा रहेको थाहा नपाएको र बच्चाको पिता समेत थाहा नहुँदा आफुले बच्चा जन्माइसकेको घटनाबाट आफु निकै उत्साहित भएको भन्दै उनले आफुलाई यस्तो अवस्थामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । निकै मोटीघाटी देखिने ती महिलाको भिडियो अहिले इन्टरनेटमा खुबै चर्चित बनेको छ ।

0 Reviews:

Post Your Review