दुइ लिंग भएको पुरुष - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
 दुइ लिंग भएको पुरुष

दुइ लिंग भएको पुरुष

रोचक जानकारी
Short Description:

Product Description

एक युवकले वर्षदिन पहिले सोसल साइट रेडिटमा आफ्नो दुइहाँगे लिंगको तस्वीर अपलोड गरेपछि त्यसले ठूलै तहल्का मच्चायो । DoubleDickDude  बाट उनले आफ्नो जिउमा भएका दुइवटा गुप्तांगको तस्वीर पोष्ट गरेका थिए । आफ्नो वास्तविक नाम तथा पहिचान नखुलाएका ती २५ वर्षे युवकले रहस्यलाई झनै गहिरो पार्दै आफ्नो हास्यास्पद आत्मकथा सार्वजनिक गरेका छन् । ‘डबल हेडर‘ तथा दुइ टाउके शीर्षकको उनको आत्मकथाले धेरैको ध्यान खिँचेको छ । तर ती युवक आफ्नो पहिचान बताउन तयार छैनन् । यदि आफ्नो वास्तविक कुरा अरुले थाहा पाएभने आफ्नो जिवन कहिल्यैपनि सामान्य हुन नसक्ने डर उनमा रहेछ । निकै दुर्लभ स्वास्थ्य समस्या मानिने डाइफालियाका कारण उनको लिंग दुइवटा भएको हो । रोलिंग स्टोन नामक वेबसाइट सँग कुरा गर्दै आफ्नो परिचय लुकाउनुको अर्थ बताउँदै उनी भन्छन्, ‘यदि सुपरम्यानले म क्लार्क केन्ट हुँ भनेर दुनियालाई बतायो भने उसलाई कसैले पनि एक्लो छाड्ने छैन ।’ यदि आफु सार्वजनिक भएर क्यामरा सामु गएमा त्यस दिनदेखि आफु आफु नरहने र दुइ लिंगे मानिस बन्ने उनको चिन्ता छ । सबै मानिसले आफुलाई दुइलिंगे भन्ने र अरु नयाँ मानिसलाई समेत बताउँदै हिँडेको दृश्य आफुलाई मन नपर्ने उनी बताउँछन् । आफ्नो ७६ पेजको आत्मकथामा उनले दुइवटा लिंग भएर बाँच्नुका फाइदा बेफाइदका बारेमा व्याख्या गरेका छन् । अमेरिकामा हरेक साठी लाख पुरुषमा एक जना पुरुषको जन्मिँदै दुइवटा लिंग हुने गरेको डेलीमेलले उल्लेख गरेको छ । अधिकांसले सानै उमेरमा दुइ मध्ये एक लिंग अप्रेसन गरेर फ्याँक्ने गरेको भएपनि यी बेनामी युवाले भने त्यसो गरेनन् । उनी जन्मिनुभन्दा अगाडि उनकी आमाका दुइवटा बच्चा खेर गएको हुँदा त्यसरी लिंग काटेर फ्याँक्दा तेश्रो छोरा पनि मर्ने डरले ती आमाले छोराको लिंगच्छेदन शल्यक्रिया गरिनन् । आमाले आफ्नो लिंग काटेर नफ्याँकिदिएको र दुइवटै लिंग रहन दिएकोमा उनलाई गर्व छ । दुइवटा कामलाग्ने लिंग भएको मान्छे आफु मात्रै भएकोमा उनलाई ठूलो गर्व छ । साथै आफ्नो यस्तो स्वास्थ्य समस्याप्रति परिवारका सदस्य निकै बुझक्की रहेको र आफुलाई ढाढस दिने गरेको उनी बताउँछन् । ती युवाका अनुसार उनका अण्डकोष अरु पुरुषकै जस्तै दुइवटा नै छन् । तर अण्डकोषबाट दुइ वटा लिंग पलाएका छन् । दुवै लिंग बराबर मात्रामा उत्तेजित हुने र दुवैले यौन सम्पर्क गर्न सकिने उनले खुलासा गरेका छन् । आफुले एउटै समयमा एउटा लिंग उत्तेजित गराउन सक्ने र अर्को लिंगबाट पिसाब फेर्न सक्ने दाबी समेत उनको छ । अझ रोचक कुरा त उनका दुइ लिंगमध्ये एउटा लिंगको कार्य प्रकृति महिला गुप्तांग जस्तै छ । अर्थात् उनको एउटा लिंग लिंगजस्तै र अर्को लिंगको काम योनीजस्तै छ । त्यसैले उनले अहिले ब्वायफ्रे ण्ड समेत बनाएका रहेछन् । कुनै समय उनी एकैपटक एक जना महिला र एकजना पुरुषसँग यौन सम्बन्धमा थिए । त्यसैले उनी दुइ लिंग भएको पुरुष मात्र होइन की द्विलिंगी पुरुष पनि हुन्, जसमा महिला र पुरुष दुवैको यौनांग छन् ।

0 Reviews:

Post Your Review