मस्तिष्क-मस्तिष्कबीच इमेल - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
मस्तिष्क-मस्तिष्कबीच इमेल

मस्तिष्क-मस्तिष्कबीच इमेल

ज्ञान बिज्ञान
Short Description:

Product Description


आफुले मनमनै सोँच्दा बित्तिकै कसैलाई तुरुन्तै आफसेआफ इमेल पुग्ने दिन पनि कहिल्यै आउला की ? भनेर कहिलेकाहीँ सोँचाइ आउँछ होला । कसैलाई इमेल पठाउने, अर्कोले सोँच्ने समयभरमा । यो केवल एउटा कल्पनाको खेलजस्तो मात्र लाग्न सक्छ । तर यो कल्पना होइन, निकट भविष्यमा यथार्थमा परिणत हुनेवाला छ ।
संचारजगतमा निकै छोटो समयमै आमूल क्रान्ति आएको घटनाका साक्षी तपाइँ हामी नै छौँ । अहिले पलभरमा विश्वको एक कुनाबाट अर्को कुनामा संचार सम्भव भएको छ । शायद अनलाइन संचारमा तिब्र गतिमा भैरहेको यो प्रगतिको अन्तिम मार्ग भनेको मस्तिष्क-मस्तिष्कबीचमा सिधा संचार नै होला ।
यदि मस्तिष्कलाई नै इन्टरनेटसँग जोडियो भने इमेल संचारका लागि दिक्कलाग्दो टाइपिङ गर्नुपर्ने छैन ।
बस, हाम्रो मस्तिष्कले कुनै आइडिया सोँच्नेछ र त्यसलाई तुरुन्तै आफुले चाहेको व्यक्तिलाई पठाउनेछ, त्यो व्यक्ति एउटै कोठामा होस् वा लाखौँ किलोमिटरको दूरीमा किन नहोस् ।
यद्यपि हामी अहिले नै मस्तिष्क मस्तिष्कबीचको इमेल संचारको युगमा पुगिसकेका छैनौँ । तर, हालै भएको एक अध्ययनले यो दिशामा एक कदम अघि बढाएको छ । अनुसन्धानकर्ताहरुले इन्टरनेटको माध्यमबाट हजारौँ माइल टाढा रहेका मानिसहरुको मस्तिष्क-मस्तिष्क बीचमा संचार सम्बन्ध स्थापित गराएको दाबी गरेका छन् ।
स्पेनको बार्सिलोनास्थित स्टारल्याबको यस परियोजनासँग सम्बद्ध शोधकर्ता गिगलियो रुफिनीले यस विषयको खुलासा गरेका हुन् ।
भारतको केरलाका एक व्यक्तिको टाउकोमा मस्तिष्क कम्प्युटर इन्टरफेस जडान गरियो जसले दिमागी तरंग रेकर्ड गर्छ ।
त्यसपछि उक्त व्यक्तिलाई  हात तथा खुट्टाको विषयमा सोँच्ने निर्देशन दिइयो र हातखुट्टा चलाउन अह्राइयो ।
उक्त व्यक्तिले खुट्टा चलाउँदा कम्प्युटरले शुन्य रेकर्ड गर्यो भने हात चलाउँदा १ रेकर्ड गर्यो ।
तत्पश्चात् शुन्य र एकको उक्त श्रृंखला इन्टरनेटको माध्यमबाट फ्रान्सको स्ट्रासबर्गमा रहेको अर्को मानिसलाई पठाइयो । फ्रान्समा रहेको उक्त मानिसमा टिएमएस रोबोट जडान गरिएको थियो ।
जब सन्देश पठाउने व्यक्तिले आफ्नो हात चलाउने बारेमा सोँच्थ्यो टिएमएस रोबोटले सन्देश पाउनेवाला व्यक्तिको मस्तिष्कमा यस्तो तरिकाले पक्र्यो की आँखा बन्द हुँदा समेत त्यो व्यक्तिले प्रकाश देख्यो । त्यस्तै खुट्टाको विषयमा सोँच्दा सन्देश पाउने व्यक्तिले कुनैपनि प्रकारको प्रकाश देखेन ।
यो सुन्दा सजिलो लाग्नसक्छ, तर निकै जटिल प्रक्रिया छ । सन्देश पठाउनेवालाले आफ्नो हात तथा खुट्टाको बारेमा सोँच्दा निकै ध्यान केन्दि्रत गर्नुपर्ने हुन्छ ।
मस्तिष्कमा अन्य प्रकारका गतिविधि वा सोँचाइ रहे भने त्यसले सन्देशहरुमा एकरुपता नभै गडबडी पैदा हुने खतरा हुन्छ । त्यसैले सन्देश पठाउनेवालालाई यस विषयमा प्रशिक्षित गरिन्छ ।
यसको साथै यो प्रक्रिया पनि निकै सुस्त छ । शोधकर्ता रुफिनीका अनुसार यो प्रयोगलाई दुइप्रकारले हेर्न सकिन्छ । पहिलो त यो प्राविधिक विषय हो र दोश्रो यो सफलता पहिलोपटक हासिल भएको छ ।
रुफिनीको सपना  निकै ठूलो छ । भावना, विचार तथा अनुभुतिलाई समेत सिधै इन्टरनेटको माध्यमबाट मस्तिष्क-मस्तिष्कबीच संचार गर्न चाहन्छन् उनी ।
रुफिनी भन्छन्, ‘अहिलै प्रविधि निकै सिमित छ तर छिटै अत्यन्तै शक्तिशाली हुनसक्छ ।’
यद्यपि यो प्रकारको परीक्षण सफल हुनुका केही खतरा पनि छन् । इन्टरनेटको माध्यमबाट पठाइने हरेक सामाग्रीलाई ह्याक वा ट्रयाक गर्न सकिन्छ । त्यसैले मस्तिष्क देखि मस्तिष्कको बीचमा हुने सन्देश आदानप्रदानको प्रविधिको समेत गलत प्रयोग हुने खतरा हुन्छ ।
तर पनि यो नयाँ र रोचक विषय नै हो । हुनसक्छ, अबको केही दशकपछि कुनै दिन तपाइँले इमेल, सन्देश तथा लेख सिधै आफ्नो मस्तिष्कमै प्राप्त गरिरहेको हुनसक्नु हुन्छ ।

0 Reviews:

Post Your Review