सम्भोगपछि किन आत्महत्या गर्छ भाले माकुरो ? - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
सम्भोगपछि  किन आत्महत्या गर्छ भाले माकुरो ?

सम्भोगपछि किन आत्महत्या गर्छ भाले माकुरो ?

रोचक जानकारी
Short Description:

Product Description

मानिसहरु सम्भोगपछि प्रायः सुत्न चाहन्छन् । तर माकुराले भने सम्भोगपछि अनौठो र आत्मघाती काम गर्दछ । भाले माकुराले पोथीसँगको सम्भोगपछि आफ्नो गुप्तांग आफै टोक्ने गरेको तथ्य वैज्ञानिकहरुले निकै अघि नै पत्ता लगाएका थिए । सम्भोगपछि भाले माकुराले आफ्नै बन्ध्याकरण गर्ने यो आश्चर्यजनक व्यवहार किन देखाउँछ भन्ने कुरा भने रहस्यको गर्भमै थियो । तर अन्ततः वैज्ञानिकहरुले माकुराले किन आफ्नै बन्ध्याकरण गर्छ भन्ने तथ्यको कारण पत्ता लगाएका छन् ।
भाले माकुराले आफ्नो गुप्तांगलाई टोकेर काटेर फ्याँक्नुको कारण रोचक नै रहेछ । आफ्नो जिउको तुलनामा भाले माकुराको लिंगको आकार असामान्य रुपमा ठूलो हुने भएकाले यसले भालेलाई असजिलो पार्दोरहेछ । पोथीलाई गर्भवती बनाइसकेपछि अब बाउ बन्ने बेला आएकोमा भाले माकुराले कर्तव्यबोध गर्दै आफ्नो यौनिकतालाई नै बली दिँदोरहेछ । ठूलो आकारको गुप्तांग बोकिरहेमा पोथीलाई हेरचाह गर्न गाह्रो हुने भएकाले छरितो बनेर आफ्नी नवगर्भिणी पोथीलाई शत्रुबाट बचाउनका लागि भाले माकुराले आफ्नो लिंग काटेर फ्याल्ने गरेको वैज्ञानिकहरुको निष्कर्ष छ ।
कारण यत्तिमात्र होइन । भालेले आफ्नो लिंगलाई पोथीको यौनांगभित्रै छिराएको अवस्थामा दाँतले टोकेर काट्दो रहेछ । यसो गर्दा भालेको लिंगको टुक्रा पोथीको यौन्ाांगभित्रै रहन्छ । यसको विशेष महत्व रहेछ । भालेको लिंगको टुक्रा पोथीको गुप्तांगभित्र रहेपछि पोथीको यौनांगको बाटो बन्द हुने भएकाले अरु भालेले गर्भिणी पोथीलाई पुनः गर्भिणी बनाउने सम्भावना रहँदैन ।
पोथी माकुराको सरीरमा एकैपटकमा धेरै संख्यामा अण्डा उत्पादन हुने भएकाले एउटा पोथीले उत्पादन गरेका अण्डाहरुलाई धेरै भालेले फर्टिलाइजेसन गराउने सम्भावना हुन्छ । त्यसैले आफुले सुरुमा गर्भिणी गराएको पोथी माकुराका सन्तानको पितृत्वमाथि आफ्नो एकाधिकार दाबी गर्नका लागि भालेले पोथीको यौनांगभित्रै आफ्नो लिंग काटेर छाड्ने गरेको वैज्ञानिकहरुको ठहर छ । माकुराको यो अनौठो व्यवहारसम्बन्धी रिपोर्ट बिहेवियरल इकोलोजी एण्ड सोसियोाबयोलोजी जर्नलमा छापिएको छ ।

0 Reviews:

Post Your Review