एउटै बोटमा जरामा आलु हागामा टमाटर - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
एउटै बोटमा जरामा आलु हागामा टमाटर

एउटै बोटमा जरामा आलु हागामा टमाटर

रोचक जानकारी
Short Description:

Product Description

बेलायतमा एउटा निकै अचम्मको बोटको विकास गरिएको छ । एउटा त्यस्तो बोट जसमा माटो मुनी सेतो आलु फल्छ र माटो माथि गोलभेडा फल्छ । यति सुन्दा तपाईंलाई अचम्म लागेको होला । तर ‘टमट्याटो’ नाम दिइएको यो बोटलाई शत प्रतिशत प्राकृतिक भनिएको छ जसको आनुवंशिकमा कुनै पनि संशोधन नगरिएको बताएको छ ।
बेलायतको इप्सविचको सफोल्कमा अवस्थित ‘थम्प्सन एण्ड मोर्गन’ नामक फर्ममा उक्त विचित्रको बोटको विकास गरिएको हो । केहि वर्ष पहिले यस्तै प्रकारको बोटको विकास गरिएता पनि यसबाट निस्कने स्वादका कारण यिनीहरु त्यति सफल हुन सकेका थिएनन् तर टमट्याटो व्यवसायिक सम्भावनाको हिसाबले निकै राम्रो मानिएको छ ।
‘थोम्पसन र मोर्गनका डाइरेक्टर पल ह्यानसर्डका अनुसार टमट्याटो विगत १० वर्षको मेहेनतको फल हो । उनका अनुसार उनले सबैभन्दा पहिले यो बोट विकास गर्ने बिचार १५ वर्ष अगाडि नै गरिसकेका थिए । उनी भन्छन्, ‘जब म १५ वर्ष पहिले अमेरिकाको एक बगैँचामा घुम्न गएको थिएँ कसैले ठट्टा गर्नका लागि गोलभेडाको बोट मुनी आलु रोपिदिएका थिए । त्यतिबेलादेखि नै मेले सोचिसकेको थिएँ कि एउटै जातमा पर्ने यी दुबैलाई एउटै बनाउन सायद सम्भव छ । ’ त्यतिबेलादेखि नै उनले यसको लागि काम गरिरहेका थिए र अहिले लाग्छ उनी यसमा सफल भएका छन् ।
उनी थप्छन्, ‘यसलाई सफल बनाउन निकै गाह्रो थियो किनभने गोलभेडा र आलुका डाँठ एउटै मोटाईको हुनु आवश्यक थियो । तर थुप्रै प्रयास, असफलता र कलम बाँध्ने विशेषज्ञहरुको सहयोगले यसलाई सफल बनाउन सकिएको छ । ’(एजेन्सी)

0 Reviews:

Post Your Review