माइक्रोसफ्टले ल्याउँदैछ Windows 10 - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
माइक्रोसफ्टले ल्याउँदैछ Windows 10

माइक्रोसफ्टले ल्याउँदैछ Windows 10

ज्ञान बिज्ञान
Short Description:

Product Description

माइक्रोसफ्ट कम्पनीले आफ्नो बहुचर्चित विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण Windows 10 सार्वजनिक गर्दैछ । अमेरिकाको सिएटलस्थित माइक्रोसफ्ट मुख्यालयमा विशेष कार्यक्रमका बीच नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरिँदैछ । विन्डोज टेन सार्वजनिक समारोहलाई माइक्रोसफ्टले आफ्नो वेबसाइटमार्फत लाइभ प्रशारण गर्नेछ ।
बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टमले मोबाइल, ट्याबलेट तथा पर्सनल कम्प्युटरलाई एकिकरण गर्ने र विश्वव्यापी एप बजारको सुरुवात गर्ने बताइएको छ ।
विन्डोज टेनमा एउटा कोड हुनेछ जसको माध्यमबाट एउटै एपले फोन, ट्याबलेट तथा कम्प्युटर चलाउन सकिन्छ ।
विन्डोज ८ मा हटाइएको स्टार्ट मेनुलाई विन्डोज १० मा पुनः ल्याइएको छ । यो अपरेटिङ सिस्टममा प्रयोगकर्ताले आफ्नो ग्याजेटमा एकैसाथ धेरै डेक्सटप सिर्जना गर्न सक्नेछन् ।
माइक्रोसफ्टको हालसम्मको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले नरुचाएका कारण उसले आमूल परिवर्तन गरेर विन्डोज १० ल्याउन लागेको बताइएको छ ।
समाचार अनुसार माइक्रोसफ्टले फोन तथा ल्यापटपको हाइबि्रड डिभाइस समेत सार्वजनिक गर्दैछ, जसले व्यवसायिक उपभोक्तालाई आकषिर्त गर्ने विश्वास गरिएको छ । यो डिभाइस केही समयपछि नै उत्पादनमा जाने बताइएको छ जसको स्लाइड गर्न सकिने हार्डवेयर किबोर्ड रहनेछ ।
विन्डोज टेन सँगै माइक्रोसफ्टले आजै इन्टरनेट एक्सप्लोलर ब्राउजरलाई समेत प्रतिस्थापन गर्ने बताइएको छ । यो ब्राउजरलाई प्रतिस्थापन गर्दै माइक्रोसफ्टले स्पार्टन नामक एप ब्राउजर ल्याउँदैछ । यो नयाँ ब्राउजर गुगल क्रोम जस्तै स्वरुपको हुनुका साथै इन्टरनेट एक्सप्लोलर भन्दा तिब्र गतिको हुने बताइएको छ ।

0 Reviews:

Post Your Review