शिवरात्री, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि भीड - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

समाचार
शिवरात्री, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि भीड

शिवरात्री, पशुपतिनाथमा भक्तजनको बिहानैदेखि भीड

समाचार
Short Description:

Product Description



हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि मङ्गलबार आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ ।
शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्धि भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।
शिवरात्रिलाई लक्ष्यित गरी यही फागुन २ गतेदेखि विभिन्न धार्मिक सङ्घसंस्थाले निःशुल्क पानीका साथै खाना र खाजाका लागि भण्डाराको व्यवस्था गरेका छन् ।
भारतको राजस्थानस्थित जालोर धामबाट आएका बाबाहरूले भण्डारा सञ्चालन गरेर प्रसाद बाँडेका छन् । शिवरात्रि पर्वका विगतमा वर्षमा पनि आउने गरेको बताउने जालोर धामका मोक्षनाथ बाबाले यस वर्ष आफूहरूले भण्डारा सञ्चालन गरेको र यो क्रमलाई आगामी वर्षमा निरन्तरता दिइने बताए ।
पशुपति क्षेत्र विकास कोषले दर्शन मार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि भकुन्डोलस्थित कार पार्कमा प्रहरी मूल शिवि/कमान्ड पोस्ट स्थापना गरेको छ । पार्किङस्थल, जुत्ता चप्पल कक्षलगायत आवश्यक स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट र पिकेड/कर्डन स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको पूर्ण प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ ।

0 Reviews:

Post Your Review