जहाँ छोरा अभागी मानिन्छ - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
जहाँ छोरा अभागी मानिन्छ

जहाँ छोरा अभागी मानिन्छ

रोचक जानकारी
Short Description:

Product Description

तपाइँले कहिलेइ यस्तो गाउँको बारेमा सुन्नुभएको छ ? जहाँ लोग्ने मानिसहरुलाई अभागी मानिन्छ ? कदापी छैन होला । महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य बनाउने परम्परागत समाजमा छोराहरुको स्थान सधै उच्च रहने गरेको देखे भोगेकाहरुका लागि यो पत्याउनै नसकिने कुरा हो । तर हाम्रै छिमेकी देश भारतको एउटा गाउँ यस्तो छ जहाँ छोराहरुलाई अभागी मानिन्छ ।
भारतको मेघालयस्थित मावलीनग गाउँ यस्तो अनौठो सभ्यतायुक्त गाउँ हो । आदिम खासी जनजातीको बसोबास रहेको यो गाउँको जनसंख्या ५ सय जति छ ।
यो गाउँमा मातृसत्तात्मक व्यवस्था छ र महिलाहरुले राज गर्दछन् यहाँ । पुरुषहरुको प्रभुत्व नामेट छ । छोराछोरीहरुको थर बुवाको होइन आमाको राखिन्छ ।
यो गाउँ एसियाको सबैभन्दा सफा गाउँ पनि हो र यसलाई भारतको गौरव तथा इश्वरको बगैँचा पनि भनिन्छ । यहाँका बालिका, किशोरी तथा महिलाहरु तलाउ तथा झरनाहरुमा खेलिरहेका भेटिन्छन्, परी जस्तै ।
यहाँ पुरुषहरुको हैकम शुन्य छ, त्यसैले यहाँका पुरुषलाई अभागी मानिन्छ ।  महिलाहरुलाई कुनैपनि कुरामा रोकतोक छैन र परम्पराको बन्देज पनि छैन । यो गाउँका हरेक महिलाहरु कामकाजी छन् र परिवारको आयमा आफ्नो योगदान पूराइरहेका हुन्छन् ।
यो गाउँमा परिवारकी कान्छी छोरी सबैभन्दा पुज्य, महत्वपूर्ण तथा पि्रय हुन्छिन् र कान्छी छोरीलाई नै धन तथा सम्पत्तिको हकदार मानिन्छ । बाबुबाट छोरामा सम्पत्तिको हकमा सर्नुको साटो आमाबाट छोरीमा पैत्रिक सम्पत्तिको हक हस्तान्तरण हुन्छ । अधिकांस भूमिमा महिलाकै हक रहेको छ ।
यो समुदायका युवतीहरुलाई आफुलाई मन परेको केटा रोजेर बिहे गर्ने पूर्ण छुट छ । हिलाहरुलाई आफुखुसी सम्बन्ध विच्छेद गर्ने तथा एक्लै बस्न पाउने हक पनि छ ।
यो गाउँको साक्षरता दर शत प्रतिशत रहेको छ । तर यो गाउँका पुरुषहरु भने बेखुस छन् । परिवार तथा समाजमा आफ्नो भूमिकाको अवमूल्यन भएको, महिलाहरुले हेप्ने गरेको भन्दै यहाँका युवा तथा प्रौढ पुरुषहरु जाँडरक्सी खाने तथा कुलततर्फ पनि लाग्ने गरेको पाइएको छ । यो गाउँमा पुरुषहरुको मृत्युदर पनि महिलाको भन्दा उच्च छ ।
यहाँ पुरुषको अधिकार खोज्दै विभिन्न पुरुष समूहहरु पनि गठन भएका छन् । मेघालयको राजधानी सिलोंगमा मुख्यालय रहेको पुरुष अधिकारवादी संस्था सिंगखोङ रिम्पेइ थेमाइको अभियानप्रति यो गाउाका धेरै युवाहरुले एक्येबद्धता जनाउन थालेका छन् ।

0 Reviews:

Post Your Review