ब्रम्हाण्डको अन्त्यको हल्ला - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
ब्रम्हाण्डको अन्त्यको हल्ला

ब्रम्हाण्डको अन्त्यको हल्ला

SHYANE समाचार
Short Description:

Product Description

ब्रम्हाण्ड विस्तारै मर्दैछ अर्थात् ब्रम्हाण्डको अस्तित्व अन्त्य हुने क्रम चलिरहेको छ । यो कुनै कोरा कल्पना वा मनगढन्ते कुरा होइन । खगोलविद्हरुले २ लाख तारापुन्जहरुको सुक्ष्म अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।
खगोलविद्हरुका अनुसार तारापुन्जहरुबाट उत्सर्जित उर्जा आधाले घटेको छ । ती तारापुन्जले दुइ अर्ब वर्ष जति उर्जा निकाल्थे अहिले त्यसको आधामात्र निकाल्न सक्छन् र ताराहरुबाट निस्कने उर्जा लगातार घटिरहेको छ । उर्जा घट्दैजाँदा ताराहरु पनि विस्तारै कम चम्किलो अर्थात् पिलपिले बन्दैछन् ।
विश्वका सबैभन्दा शक्तिशाली ७ वटा टेलिस्कोपहरुको सहायताले खगोलविद्हरुले तारामण्डलहरुको अध्ययन गरेका थिए । तारामण्डलबाट हुने उर्जा निस्कासनको गिरावटले सबै तरंग लम्बाइ भएका प्रकाशहरुमा असर गरेको छ, परावैजनी देखि इन्फ्रारेड सम्म ।
पश्चिम अस्ट्रेलियास्थित इन्टरनेसनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च (आइसीआरएआर) का प्रमुख वैज्ञानिक प्राध्यापक सिमोन ड्राइभरका अनुसार ब्रम्हाण्डको गिरावट सुरु भैसकेको छ, बुढेसकाल लागेजस्तै । जुन निरन्तर चलिरहनेछ ।
विम्वात्मक शव्दहरु प्रयोग गर्दै उनी भन्छन्, ‘आधारभुत रुपमा ब्रम्हाण्डले आफुलाई सोफामा थचारिसकेको छ । अब ऊ ब्लांकेट ओढेर अन्तध्र्यानमा लीन हुन चाहन्छ ।’
बहु-तरंग लम्बाइमा अहिलेसम्ममै भएको सबैभन्दा वृहत अध्ययनको रुपमा वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनलाई लिइएको छ । जसलाईग्यालेक्सी एण्ड मास एसेम्बली स्टडी नाम दिइएको छ । यसको नतिजा वैज्ञानिकहरुले गत सोमबार सार्वजनिक गरेका थिए ।
अध्ययनको क्रममा विश्वका सबैभन्दा शक्तिशाली ७ वटा टेलिस्कोप प्रयोग गरिएको थियो । जसमा चिलीको प्यारानल अब्जर्भेटरीका भिआइएसटी र भिएसटी, नासाको ग्यालेक्स र वाइज तथा युरोपेली स्पेस एजेन्सीको हर्सेल लगायतका टेलिस्कोप छन् ।
वैज्ञानिकहरुले अभूतपूर्व तथ्यांक संकलनका क्रममा व्रम्हाण्डमा हाल पैदा भैरहेको उर्जाको नक्सांकन तथा नमूनाकृत गर्ने उद्धेश्य राखेका थिए । अब उनीहरुले ब्रहाण्डको इतिहासमा उत्सर्जित उर्जाको नक्शांकन गर्दैछन् ।
ठूलो विस्फोट अर्थात् बिग ब्यांग जसबाट ब्रम्हाण्डको सिर्जना भयो, सोही क्रममा सबै उर्जाको सिर्जना भएको थियो ।
ताराहरुलेे आफ्नो पिण्डलाई उर्जामा बदल्ने प्रक्रियाका माध्यमबाट चम्किन्छन् । जसलाई चर्चित वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादी सिद्धान्तबाट प्रमाणित गरेका छन् । तर यो उर्जा उत्पादनको प्रक्रिया सधै उहीँ दरमा रहँदैन र यो विस्तारै घटिरहेको छ ।
प्राध्यापक ड्राइभरका अनुसार ताराहरुले निरन्तर हाइड्रोजन तथा हिलियम तत्वको फ्युजन प्रक्रियाका क्रममा उर्जा निस्कासन गरिरहेका छन् । यसरी निस्कासित उर्जा ब्रम्हाण्डको धूलोले सोस्ने, तथा दुइ ग्यालेक्सी बीचको खाली ठाउँमा पुगेर अर्को तारा वा ग्रहसम्म गएर ठोक्किने गर्छ वा प्रायः टेलिस्कोपको ऐनामा आएर ठोक्किने गर्छ ।
यद्यपि ब्रम्हाण्ड विस्तारै ओइलाउँदै गएको भन्ने तथ्य सन् १९९० को दशकदेखि नै वैज्ञानिकहरुले बताएका भएपछि पछिल्लोपटकको अध्ययन सबैभन्दा विस्तृत तथा तथ्यपूर्ण रहेको बताइएको छ ।
अमेरिकाको हवाइमा भएको अन्तराष्ट्रिय खगोल संघको साधारण सभामा प्राध्यापक ड्राइभरको यो अध्ययनको नतिजा प्रस्तुत गरेका हुन् ।


from SHYANE http://ift.tt/1NpUlKS
via समाचार

0 Reviews:

Post Your Review