नेपाल एएफसी यू-१६ अयोग्य,१० हजार डलर जरिवाना - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
नेपाल एएफसी यू-१६ अयोग्य,१० हजार डलर जरिवाना

नेपाल एएफसी यू-१६ अयोग्य,१० हजार डलर जरिवाना

SHYANE समाचार
Short Description:

Product Description

कार्तिक ९  । बढी उमेरका खेलाडी खेलाएको भेटिएपछि नेपाल एएफसी यू-१६ च्याम्पियनसिपका लागि अयोग्य घोषित भएको छ ।

कीर्गिस्तानमा हालै सम्पन्न छनोटमा नेपाल उपविजेता हुँदै उत्कृष्ट उपविजेताका रुपमा च्याम्पियनसिपका लागि छनोट भएको थियो । तर, एएफसीले सोमबार बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई अयोग्य घोषित गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका सीइओ इन्द्रमान तुलाधरले आफूले पनि एएफसीको निर्णय थाहा पाएको बताए । एएफसीको निर्णय दुःखद भएको भन्दै उनले त्यसविरुद्ध नेपालले अपिल गर्ने बताए । उनले भने-‘पहिला पनि यस्तो समस्या आएकाले हामीले यो पटक शंका लागेका खेलाडीहरुको एमआरआई गरेका थियौं ।’
स्रोतका अनुसार मेडिकल टेष्टका क्रममा नेपाली टीम कप्तान मनिष कार्कीको उमेर बढी देखिएको छ ।
एएफसीले बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई १० हजार डलर जरिवाना समेत गरेको छ ।


from SHYANE http://ift.tt/1PQIfxH
via समाचार

0 Reviews:

Post Your Review