रोनाल्डोले जिते चौथो गोल्डेन बुट - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
रोनाल्डोले जिते चौथो गोल्डेन बुट

रोनाल्डोले जिते चौथो गोल्डेन बुट

SHYANE समाचार
Short Description:

Product Description

असोज २७।  क्रिष्टियानो रोनाल्डोले चौथो पटक गोल्डेन बुट अवार्ड जितेका छन् । रियल मडि्रडका स्टार स्ट्राइकर रोनाल्डोले गत सिजन स्पेनिस लिगको ३५ खेलमा ४८ गोल गरेका थिए ।
रियलबाट उनले तेस्रो पटक गोल्डेन बुट जितेका हुन् । त्यसअघि २००७/०८ को सिजनमा म्यानचेष्टर युनाइटेडबाट गोल्डेन बुट जितेका थिए ।
३० वर्षीय रोनाल्डो ३० सेप्टेम्बर ३२४ गोलका साथ रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका थिए ।
गोल्डेन बुट जितेपछि रोनाल्डोले भने,-‘यो मेरो करियरको अर्को ऐतिहासिक क्षण हो ।’ टीममेटको सहयोग विना यो सफलता सम्भव नभएको उनले बताए ।
अझै धेरै गोल्डेन बुट जित्ने इच्छा रहेको उनले बताए । साथै उनले यो सिजन च्याम्पियन्स लिगसँथै ला लिगा र कोपा डेल रे जित्न प्रयास गर्ने बताए ।


from SHYANE http://ift.tt/1QqEVaK
via समाचार

0 Reviews:

Post Your Review