बिद्या भण्डारी नेपालकी पहिलो महिला रास्ट्रपति - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
बिद्या भण्डारी नेपालकी पहिलो महिला रास्ट्रपति

बिद्या भण्डारी नेपालकी पहिलो महिला रास्ट्रपति

SHYANE समाचार
Short Description:

Product Description

 ११ कार्तिक । रास्ट्रपति रामबरण यादबको कार्यकाल सकिए संगै  नेपालको नयाँ राष्ट्रपतिमा जननेता मदन भण्डारी कि श्रीमती विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति समेत बनिन् ।
 
भोजपुरमा जन्मलिई त्यहि बाट विद्यार्थी राजनीति थालेकी विद्या विभिन्न आरोह अबरोह झेल्दै रास्ट्रको सर्बोच्च पदमा पुगेकी हुन्। । जना नेता मदन भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी भूमिकामा रहेको भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै फेरि राजनीतिमा फर्किइन् ।
२०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी छन् ।
नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसदमा मतदान भएको थियो । मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ ।
उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ ।
राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ । संसद सचिवालय स्रोतका अनुसार बदर भएको मत मध्ये कुलबहादुरको चार मत परेको छ । विद्याको दुई मत बदर भएको छ । दुई मत भने खाली पाइएको छ ।
मधेसी मोर्चासहितका केही साना दलले निर्वाचनमा भाग लिएनन् । तर, मधेसी मोर्चामा आवद्ध सद्भावनाका सभासद माधवी रानी साहले भने मतदान गरेकी छन् ।
संविधानको रक्षा गर्छु : राष्ट्रपति
राष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।’


from SHYANE http://ift.tt/1kTGjsp
via समाचार

0 Reviews:

Post Your Review