अाज महाअष्टमी, शक्तिपीठहरूमा पूजाअाज गरिँदै - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

समाचार
अाज महाअष्टमी, शक्तिपीठहरूमा पूजाअाज गरिँदै

अाज महाअष्टमी, शक्तिपीठहरूमा पूजाअाज गरिँदै

समाचार
Short Description:

Product Description

कार्तिक ४।  आश्विन शुक्ल अष्टमीका अवसरमा बुधबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।


0 Reviews:

Post Your Review