म्यानचेष्टर र सिटी युभेटन्स दुबै टीम नकआउट चरणमा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
म्यानचेष्टर र सिटी युभेटन्स दुबै टीम नकआउट चरणमा

म्यानचेष्टर र सिटी युभेटन्स दुबै टीम नकआउट चरणमा

SHYANE समाचार
Short Description:

Product Description

मंगसिर १०।   म्यानचेष्टर सिटीलाई पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत सिटी पनि अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसले म्यानचेष्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १८ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो ।
६९ औं मिनेटमा सर्जिओ एग्युरोको स्थानमा मैदान छिरेका राहम स्टर्लिङले बराबरी गोल गर्ने मौका गुमाए ।
जितपछि युभेटन्सले ११ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने सिटीको ९ अंक छ र दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले सेभिल्ला र सिटीले बोरुसिया मानचाङलेबाचसाग खेल्नेछ ।
नकआउट चरणमा बार्यन म्युनिख, रियल मड्रिड वा बार्सिलोनासाग नखेल्ने सिटीलाई समूह विजेता हुनु पर्नेछ ।


from SHYANE http://ift.tt/1YveghC
via समाचार

0 Reviews:

Post Your Review