नेपाली क्रिकेट टोली आज हङकङसँग खेल्ने - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
नेपाली क्रिकेट टोली आज हङकङसँग खेल्ने

नेपाली क्रिकेट टोली आज हङकङसँग खेल्ने

SHYANE समाचार
Short Description:

Product Description

कार्तिक १९ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(बिहीबार) हङकङसँग अभ्यास खेल खेल्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको संयोजनमा नेपालले हङकङसँग दुई दिवसीय क्रिकेट खेल्न लागेको हो ।
justify;">नेपाल र हङकङ चिरपरिचित प्रतिद्वन्द्वी हुन् । हङकङ पछिल्लो समय एक दिवसिय अन्तर्राष्ट्रियको मान्यता प्राप्त टोली हो । उसले तीन दिवसीय ढाँचाको आईसीसी ईन्टरकन्टिनेन्टल कप क्रिकेट समेत खेल्दै आएको छ ।
उता नेपाल भने ट्वेन्टी ट्वेन्टी विश्वकपमा छनोट हुन नसकेपछि उसको टि ट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता समेत खोसिएको छ । यस्तोमा हङकङ विरुद्धको आजको खेल नेपाली क्रिकेटको लागि विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाउने अवसरको रुपमा रहेको छ ।
युएईमा रहेको नेपाली क्रिकेट टोलीले यसपछि पाकिस्तान र ओमानसँग एक दिवसिय अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले पपुवा न्युगिनीविरुद्ध आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका दुईवटा एकदिवसीय खेल खेल्नेछ ।
आठ टोली सहभागि यो प्रतियोगितामा पपुवा न्युगिनी अंक तालिकाको पुछारमा रहेको छ भने नेपाल ऊ भन्दा एक स्थान माथि सातौं स्थानमा छ ।
यी दुबै टोलीले सुरुवाती दुई खेल गुमाएका छन् । नेपालले स्कटल्याण्ड विरुद्धको दुई वटै खेल गुमाएर प्रतियोगितामा निराशाजनक सुरुवात गरेको थियो ।


from SHYANE http://ift.tt/1RVR9Za
via समाचार

0 Reviews:

Post Your Review