जाडोमा वालबच्चाको हेरचाह कसरी गर्ने ? - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
जाडोमा वालबच्चाको हेरचाह कसरी गर्ने ?

जाडोमा वालबच्चाको हेरचाह कसरी गर्ने ?

SHYANE समाचार
Short Description:

Product Description

२१ मंसिर, काठमाडौं । चिसो बढेसँगै नेपालका अधिकांश बालबालिकाहरु प्राणघातक रोटा भाइरसको संक्रमणको जोखिममा परेका छन् । तर, सरकारको तर्फबाट यसको रोकथामको लागि कुनै उपाय अपनाइएको छैन ।
रोटा भाइरस र नोरा भाइरस जाडो याममा सकृय हुन्छन् । रोटा भाइरसले ५ वर्ष मुनिका बालबालिकालाई बढी प्रभावित पार्दछ र केहि दिनभित्रै ज्यानै जानसक्छ ।
‘गर्मीमा मात्रै झाडापखाला लाग्छ भन्ने हाम्रो कन्सेप्ट गलत छ,’ रोटा भाइरसमै विद्यावारिधि गरेका डा. शेरबहादुर पुन भन्छन्, ‘जाडोमा सकृय हुने रोटा भाइरसले बालबालिकाको छिट्टै ज्यान लिन्छ, यसमा हेलचेक्राइँ अलिकति पनि गर्नु हुँदैन ।’
प्रायजसो पाँच बर्ष मुनिका बालबालिका यसको शिकार हुने गरेकाले यसलाई चिकित्सकहरु ‘बेबी किलर’ पनि भन्दछन् । सामान्य खालको झाडा पखाला लाग्दा पातलो दिसा आउने गरेजस्तै लक्षण यसमा पनि देखिन्छ तर, रोटा भाइरस लागेकाहरुलाई तारन्तार बान्ता पनि भैरहन्छ । बान्ता भैरहने भएकाले खुवाउने औषधि प्रभावकारी नहुने चिकित्सकको भनाइ छ ।
‘भूकम्प पीडितका शिविर, शहरी क्षेत्र र स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएका गाउँहरुका बालबालिकाहरु यसको उच्च जोखिममा छन्,’ शुक्रराज सरुवा रोग अस्पताल टेकुमा कार्यरत डा. पुनले भने, ‘अरु सामान्य झाडा पखाला, हैजा लागेको जस्तै लक्षण यसमा पनि देखिन्छ । तर, जीवन जल, जिंक चक्की प्रभावकारी हुँदैन । औषधि दिँदा स्लाइन दिएजसरी दिनुपर्दछ ।’
नेपालका अस्पतालहरुमा रोटा भाइरसको संक्रमणकै कारण वर्षेनी एक तिहाइ बालबालिकाहरु अस्पताल भर्ना हुन बाध्य हुने गरेका छन् । ती मध्ये धेरैजसोको ज्यान जाने गरेको छ । तर, धेरैले झाडा पखाला वा हैजाको कारण मृत्यु भएको भनेर बुझ्ने गर्दछन् ।
रोटा भाइरसको संक्रमणबाट बँच्न बालबालिकालाई चिसोबाट जोगाउने र व्यक्तिगत सरसफाइ तथा खानपानमा विशेष ध्यान दिनुपर्दछ । तर, त्यतिले मात्रै नपुग्ने भएकाले विशेष खोप अभियान नै चलाउनुपर्ने डा. पुनको सुझाव छ । सरकारले भने खोप अभियानबारे चासो नदिएको उनले बताए ।
डा. पुनले भने, ‘यो रोगको रोकथामका लागि सामान्य उपचारले मात्रै पुग्दैन खोप अभियान नै चलाउनुपर्छ, तर सरकारको तर्फबाट प्रभावकारी काम भएको मैले पाएको छैन ।’
डा. पुनका अनुसार गाबी नामक संस्थाले नेपालमा रोटा भाइरसविरुद्धको खोप अभियानका लागि सहयोग गर्न चासो देखाएको थियो । तर, नेपाल सरकारबाट पहल नपुग्दा खोप अभियान सञ्चालन भएको छैन । गाबीले कम विकसित मुलुकहरुलाई बिभिन्न रोगहरुविरुद्ध लड्ने भ्याक्सीन सहयोग गर्दै आएको छ । नेपाल पनि गाबीको सदस्य भएकाले सहयोग लिन सक्ने डा. पुन बताउँछन् ।
पुनले भने, ‘अमेरिका, यूरोप लगायतका देशहरुमा रोटा भाइरसको संक्रमण रोकथामका लागि अरबौं डलर खर्च गरेर विशेष अभियान चलाउने गरिन्छ तर नेपालमा सहयोग गर्छु भनेर अघि सरेकाहरुलाई पनि वास्ता गरिन्न ।’


from SHYANE http://ift.tt/1QqcXh5
via समाचार

0 Reviews:

Post Your Review