रियल मड्रिडले गर्‍यो गोलको बर्षा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
रियल मड्रिडले गर्‍यो गोलको बर्षा

रियल मड्रिडले गर्‍यो गोलको बर्षा

SHYANE समाचार
Short Description:

Product Description

आईन्डोभन र उल्फवर्ग नकआउट चरणमा,
मंसिर २३ । नेदरल्याण्डस्को पिएसभी आईन्डोभन र जर्मनीको उल्फवर्ग यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएका खेलमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेडलाई हराउँदै उल्फवर्ग राउण्ड अफ सिक्सटीनमा प्रवेश गरेको हो । यही समूहको अर्को खेलमा रुसको सि.एस.के.ए.मस्कोलाई २–१ ले हराउँदै नेदरल्याण्ड्सको पि.एस.भी पनि अन्तिम १६ मा प्रवेश गर्‍यो ।
मंगलबार रातिको हारसँगै म्यानचेस्टर युनाईटेड भने समुह चरणबाटै बाहीरिएको छ । यो समुहमा सबै ६ खेल सकिँदा १२ अंक जोडेको उल्फवर्ग शीर्ष स्थानमा रह्यो भने १० अंक जोडेको पिएसभी दोस्रो तथा ८ अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो भयो ।
उता समुह ए को खेलमा स्विडेनको माल्मोलाई ८–० ले हराउँदै स्पेनको रियल मड्रिड समुह विजेता बन्यो । रियल मड्रिडको जितमा क्रिश्चियानो रोनाल्डो एक्लैले चार गोल गरे । यो चार गोलसँगै रोनाल्डो च्याम्पियन्स लिग फुटबलको समुह चरणमा दोहोरो अंकको स्कोर गर्ने पहिलो खेलाडी बनेका छन् ।
रोनाल्डोले जारी सिजनमा ११ गोल गरिसकेका छन् । यो समुहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेनले युक्रेनको शख्तरलाई २–० ले हरायो । उता समुह सी को खेलमा पोर्चुगलको बेनिफीकालाई २–१ ले हराउँदै स्पेनको एथ्लेटिको मड्रिड समुह विजेता बन्यो भने बेनिफीका दोस्रो स्थानमा रह्यो ।
यही समुहको अर्को खेलमा टर्कीको गालातासारेले काजखस्तानको एफ.सी एस्टानासँग १–१ गोलको बराबरी खेल्यो ।
समुह डी को खेलमा जर्मनीको बोरुसिया मोन्चेनलाई ४–२ ले हराउँदै इङ्ल्यान्डको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रह्यो भने स्पेनको सेभियासँग १–० ले हारे पनि ईटालीको युभेन्टस् दोस्रो भयो । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह चरणका बाँकी ८ खेल बुधबार राति हुनेछन् ।


from SHYANE http://ift.tt/1Qelvcf
via समाचार

0 Reviews:

Post Your Review