बिक्रि भयो एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
बिक्रि भयो एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल

बिक्रि भयो एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल

SHYANE समाचार
Short Description:

Product Description


नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक खर्ब ४० अर्ब नेपाली रूपैयाँ मूल्यांकनसहित बिक्री हुने भएको छ । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो हिस्सा मलेसियन दूरसञ्चार कम्पनी एक्सिएटालाई बिक्री गर्ने भएको हो ।
टेलियासोनेराले एनसेलमा रहेको ६०.४ प्रतिशत स्वामित्व एक अर्ब तीन करोड अमेरिकी डलर (एक खर्ब तीन अर्ब बढी नेपाली रुपैयाँ) मा एक्सिएटालाई बिक्री गर्न लागेको विज्ञप्ती मार्फत जानकारि दिएको छ ।
टेलियासोनेराले ६०.४ प्रतिशत प्रत्यक्ष शेयरसहित हालका स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत शेयर पनि भावना सिंह श्रेष्ठलार्इ बिक्री गर्ने भएको छ ।
स्थानिय साझेदार निरजले आफ्नो शेयर धितोमा राखेर टेलियासोनेराबाट २३ अर्ब रुपैयाँ ऋण लिएपछि उनको नाममा रहेको २० प्रतिशत शेयर पनि अनौपचारिक रुपमा टेलियासोनेरासँग छ । एक्जिएटाले स्थानिय साझेदारका रूपमा छानेको भावनालार्इ २० प्रतिशत शेयर करिव चार करोड असी लाख डलर (करिव चार अर्ब ८० करोड रुपैयाँ) मा बिक्री गर्न टेलियासोनेरा सहमत भएको छ ।
टेलियासोनेराले भावनाको सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेञ्चर्सबाट उक्त रकम प्राप्त गर्ने छ । यसरी टेलियासोनेराले एनसेल बिक्रीबाट झण्डै एक खर्ब १० अर्व  नेपाली रुपैयाँमा हात पार्नेछ । कारोबारको समापनसँगै टेलियासोनेरा र निरजबीच सन् २०१२ मा भएको व्यवस्था पनि स्वतः अन्त्य हुनेछ ।
एनसेलको तेस्रो सेयर होल्डरका रुपमा भाइजर समुहकसित रहेको १९.६ प्रतिशत सेयर पनि एक्सिएटाले खरिद गर्ने भएको छ । यसअघि एनसेलमा तीनवटा साझेदार रहेकोमा एक्जियटो प्रवेश गरेपछि दुईवटा हुनेछन् । एनसेलमा एक्जिएटाको ८० प्रतिशत शेयर रहनेछ भने स्थानिय साझेदार भावना सिंहको २० प्रतिशत शेयर रहने छ ।
सम्पूर्ण कारोवार समावेश गर्दा शेयर विक्रीबाट टेलियासोनेरामा करिब सात अर्ब पचास करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुने बताइएको छ । कारोबारबाट टेलियासोनेराको खुद आयमा न्युन असर पर्ने उसको दाबी छ । यो कारोबार सन् २०१६ को पहिलो ६ महिना सम्ममा सम्पन्न हुने बताइएको छ ।
टेलियासोनेराको रणनीति
टेलियासोनेराले युरेसिया क्षेत्रका सातवटा स्थानबाट आफ्नो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका आफ्नो व्यवसायमा केन्द्रित गर्ने योजनाको घोषणा तीन महिनाअघि गरेको थियो । एनसेलको सेयर बिक्रीलाई उक्त योजना अनुरुपको पहिलो कदम तथा ठोस प्रमाणका रुपमा कम्पनीले व्याख्या गरेको छ ।
‘एक्सिएटालाई एउटा नयाँ धनीको रुपमा देख्न पाउँदा पनि मलाई खुशी लागेको छ । यसबाट एनसेललाई अर्को उचाइमा पुर्‍याउनका लागि हाम्रा समर्पित कर्मचारीहरुले असल साथ पाउछन् भन्ने कुरामा म विश्वस्त छु,’ टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेका छन् ।
दक्षिण एशियाको शक्तिशाली एक्सिएटा
मलेशियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एशियामा केन्दि्रत ख्यातीप्राप्त कम्पनी हो । यसका हाल छब्बीस करोड भन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् ।
एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियाको दुरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई एनसेनलले बढाउने छ ।
‘जिम्मेवारीपूर्वक वहिर्गमन हाम्रो लागिअति महत्वपूर्ण छ । भुकम्पपश्चातको नेपालको पुनर्निर्माणमा हामी नेपाल सरकारसँगहाम्रो सहकार्य जारी राख्नेछौं,’ योहान डेनेलिन्डले भने ।


from SHYANE http://ift.tt/22lUYhz
via समाचार

0 Reviews:

Post Your Review