बार्सिलोनालाई भ्यालेन्सीयाले रोक्यो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
बार्सिलोनालाई भ्यालेन्सीयाले रोक्यो

बार्सिलोनालाई भ्यालेन्सीयाले रोक्यो

SHYANE समाचार
Short Description:

Product Description

मंसिर २० । स्पेसिन लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सीयाले बराबरीमा रोकेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोकेको हो ।
खेलमा बार्सिलोनाका लुईस सुवारेजले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दिएपनि ८६ औं मिनेटमा मिना लोरेन्जोले एक गोल फर्काउदैखेललाई बराबरी गरेका हुन् । भ्यालेन्सीयाका नयाँ प्रशिक्षक ग्यारी नेभिलले टोलीलाई पहिलो खेलबाट एक अंक दिलाएका छन् ।
ला लिगा अन्तर्गतको अर्को खेलमा रियाल मड्रिडले गेटाफेलाई ४-१ ले हरायो । रियाल मड्रिडका लागि करीम बेन्जमाले २ गोल गरेभने ग्यारेथ बेल र क्रिश्चियानो रोनाल्डोले एक एक गोल गरे । स्पेनिस लिगकै अर्को खेलमा एथ्लेटिको मड्रिडले ग्रानाडालाई २-० ले हरायो ।
शनिबार रातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको बार्सीलोना शिर्ष स्थानमा छ । समान खेलबाट ३२ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने ३० अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।


from SHYANE http://ift.tt/1NAYMR0
via समाचार

0 Reviews:

Post Your Review