फुटबल बजारमा खेलाडी किनबेच हुँदै - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
फुटबल बजारमा खेलाडी किनबेच हुँदै

फुटबल बजारमा खेलाडी किनबेच हुँदै

SHYANE समाचार
Short Description:

Product Description



पुस १८ । युरोपियन फुटबल बजारमा खेलाडी किनबेचको सिजन भोलिबाट सुरु हुँदैछ । औपचारिक भाषामा ‘ट्रान्सफर विन्डो’ भनिने यो समयमा युरोपका जुनसुकै क्लबले खेलाडीलाई स्थायी वा अस्थायी करारमा भित्र्याउन सक्छन् ।
सामान्यतयः जुन, जुलाई र अगष्ट तीन महिनाको समयलाई ट्रान्सफर विन्डो मानिन्छ । तर जनवरीमा पनिखेलाडी किनबेचका लागि खुला गर्ने गरिएको छ ।
यसपटक पनि जनवरी ट्रान्सफर विन्डोमा इङ्लिस क्लबहरुले अत्यधिक व्यापार गर्ने अनुमान गरिएको छ । पछिल्लो दुई सिजन लगातार १२० मिलियन पाउण्ड स्टर्लिङ बराबरको खेलाडी बिनबेच भएको यो समयमा यसपटक पनि सोही अनुपातमा कारोबार हुने सम्भावना छ ।
यसपटक इङ्लिस प्रिमियर क्लबमा खराब प्रदर्शन गरिरहेका चेल्सी र म्यानचेस्टर युनाईटेडले बढी स्तरीय खेलाडी भित्र्याउने प्रयास गर्नेछन् । तर मध्य सिजन भएकाले यी दुई क्लवहरुले चाहेअनुसारको स्तरीय खेलाडी उपलब्ध हुने सम्भावना भने न्युन छ ।
दुबै टोलीले रक्षापंक्ति र आक्रमण पंक्तिलाई केही सुदृढ गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।


from SHYANE http://ift.tt/1mVOpSo
via समाचार

0 Reviews:

Post Your Review