निद्रामै ६० फुट अग्लो भिरबाट हाम फाले पछि - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
निद्रामै ६० फुट अग्लो भिरबाट हाम फाले पछि

निद्रामै ६० फुट अग्लो भिरबाट हाम फाले पछि

SHYANE समाचार
Short Description:

Product Description

निद्रामा हिड्ने समस्या भएका मानिसहरुको बारेमा त सुन्नुभएकै होला । तर निद्रामै हिँडेर कोही मानिस ६० फुट अग्लो भिरबाट हाम फालेको घटना भने अहिलेसम्म सुन्नुभएको थिएन होला ।

तर अमेरिकामा भने यस्तै घटना भएको छ । समाचार अनुसार न्युयोर्कमा एक युवक यसरी निद्रामै भिरबाट हाम फालेका हुन् । सँगीसाथी भएर जंगलमा घुम्न निस्किएका उनीहरु त्यो रात त्यहीँको एक ठूलो चट्टान नजिकै क्याम्प खडा गरेर सुतेका थिए ।
तर जब मध्यरातमा एकजनाको निद्रा खुल्यो तब उनले आफ्नो साथीलाई ओछ्यानमा देखेनन् । सुरुमा त उनलाई साथी कतै टहल्नका लागि गयो होला भन्ने लागेको थियो । तर धेरैबेर सम्म नफर्केपछि साथीहरु उनलाई खोज्न निस्किए । खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परे । अन्ततः थाहा भयो की ती युवकको त निद्रामा हिड्ने बानी रहेछ र उनी सोही भिरबाट निद्रामै हाम फालेछन् ।
यसरी हाम फालेर तल झरेपछि ती युवा घाइते भएर छटपटाइरहेका थिए । उनलाई तत्कालै नजिकको अस्पताल पूराइयो । उनको सरीरका विभिन्न ठाउँमा चोटपटक लागेको र हड्डी समेत भाँचिएको बताइएको छ । धन्न ज्यान भने जोगियो । 


from SHYANE http://ift.tt/1Vwhakr
via समाचार

0 Reviews:

Post Your Review