नांगै भएर ‘प्रेम’ देखाउन खोज्दा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

रोचक जानकारी
नांगै भएर  ‘प्रेम’ देखाउन खोज्दा

नांगै भएर ‘प्रेम’ देखाउन खोज्दा

रोचक जानकारी
Short Description:

Product Description

विश्वविद्यालयमा पढाउने एक जना पाका प्राध्यापक क्याम्पसभित्र नांगिएका छन् । जापानको टोकियास्थित ताइशो विश्वविद्यालयमा कम्प्युटर विज्ञान पढाउने ५५ वर्षका एक प्राध्यापक २१ वर्षकी गर्लफ्रेण्डप्रतिको प्रेम प्रमाणित गर्नका लागि निर्वस्त्र भएका समाचारमा उल्लेख छ ।
आफ्नै विद्यार्थी समेत रहेकी युवतीको प्रेममा पागल भएका ती प्रोफेसर साहेब उनै युवतीको आग्रहमा सर्वांग नांगिन तयार भए ।  यदि आफुलाई साँच्चीकै मन पराउने भए विश्वास दिलाउनका लागि तत्कालै कपडा फुकालेर नांगै बन्न युवतीले चुनौति दिएपछि ती प्रोफेसर सबै कुरा भुलेर एकाएक लगाएका कपडा फुकाले ।
आफ्नो चोखो प्रेम प्रमाणित गर्नका लागि युवतीका अगाडि नांगै बनेपछि ती प्रेमिकाले आफुलाई अंगालो हालेर लाज छोपिदिन्छिन् भन्ने आशा ती बुढा बुद्धिजिवीमा थियो । तर भयो ठ्याक्कै उल्टो । संवेगात्मक रुपमा निकै अस्थिर रहेको भनिएकी ती युवती आफ्नो मायामा पागल भएका प्रोफेसरलाई अँगालो हाल्नुको साटो उनले फुकालेका लुगा लिएर भागिन् ।
आफुले प्रेम गरेकी ती युवतीले त्यस्तो बेइमानी गरेपछि प्रोफेसर इन्तु र चिन्तु भए । लाजले खपिनसक्नु भयो ।
विश्वविद्यालयले यस विषयमा एक विज्ञप्ती जारी गर्दै ती प्रोफेसरले घटनाप्रति माफी मागेको बताएको छ ।
आफुले मन पराएको मान्छेलाई जोगाउनका लागि आफुले त्यस्तो काम गरेपछि त्यसबाट अर्कै अवस्थाको सिर्जना भएको भन्दै उनले दुख व्यक्त गरेका छन् । आफुले गरेको कामप्रति पश्चाताप गर्दै उनले आफुले निकै असावधानी पूर्वक त्यस्तो काम गरेको बताएका छन् ।
घटनापछि लाजमर्नु भएकाले उनले क्याम्पसबाट राजिनामा दिने सोँच समेत बनाएको बताएका क्याम्पसले जनाएको छ ।
तर प्रोफेसर साहेबका कपडा लिएर फरार भएकी युवती केहीबेरपछि भेटिएकी र कपडा फिर्ता दिएकी थिइन् । घटनाको सुखद अन्त्य हुने क्रममा प्रोफेसर र युवती सँगै घरतर्फ गएका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

0 Reviews:

Post Your Review