आज माघे संक्रान्ती , हिन्दु नेपालीहरुले विहानै नजिकका खोला नदीमा गई मकर नुहाए , माघे संक्रान्तीको अवसरमा नेपालभरिनै विभिन्न ठाउमा मेला लाग्दै ।
सत्तारुढ दलहरु प्रक्रियामा जादा माघ ८ मा संविधान नआउने हुदा सहमती गर्न राष्ट्रपति रामबरण यादवको सुझाब ।
अङ्क गणितीय आधारमा जबर्जस्ती संविधान जारी भए विद्रोह गर्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चेतावनी ।
नक्कली प्रमाणपत्र पेश गरी सरकारी क्षेत्रमा जागीर खाने कर्मचारी विरुद्धको १७ सय मुद्धा अख्तियारमा , नक्कली प्रमाणपत्र पेश गर्नेमा सबैभन्दा बढि शिक्षक रहेको जानकारी ।
लोडसेडिङ फेरी बढ्दै ,हाल साताको साडे ७० घण्टा लोडसेडिङ भइरहेकोमा आइतबारबाट लागु हुने गरि सातामा ७५ घण्टा लोडसेडिङ हुने ।शिक्षा नियमाबली विपरीत परिक्ष्ाँ लिन लागिएको भन्दै भएको चौतर्फी विरोध पछि प्यावसनले लिन लागेको सेन्टप परिक्षा स्तगित ।
भरत सुवेदीद्वारा मन्त्रिपरिषदको निर्णय, सामान्य र अर्थ मन्त्रालयको आदेश अनुसार राजस्व अनुसन्धान विभागको उप–महानिर्देशकबाट श्रम मन्त्रालयमा फिर्ता हुन अस्वीकार ।
नेपालमा बहुमतका आधारमा नभई सहमतिमा संविधान जारी गर्न संयुक्त राष्ट्रसंघको जोड, सवै पक्षलाई लचकता अपनाउन आग्रह ।
फ्रान्शको शार्ली हेब्दो पत्रिकामा १२ जनाको ज्यान जाने गरि भएको हमला पछि पहिलोपटक छापिएको पत्रिका एकैदिनमा ३० लाख प्रति विक्री , अत्याधिक माग पछि ५० लाख प्रती फेरी छापियो ।


0 Reviews:
Post Your Review