दश वर्षकी बालिका बलात्कार - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

समाचार
दश वर्षकी बालिका बलात्कार

दश वर्षकी बालिका बलात्कार

समाचार
Short Description:

Product Description


दश वर्षकी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका ओखलढुंगाको प्राप्चा गाविस ५ का ३२ वर्षका फणिन्द्रबहादुर कार्की कारागार चलान भएका छन् । जिल्ला अदालत ओखलढुंगाले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको इजालासले आरोपी कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बैद्यनाथ यादवले जानकारी दिनुभयो ।
सिद्धिचरण नगरपालिका ५ मा डेरा गरी बस्ने कार्की व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाका सहायक कम्युटर अपरेटर समेत हुन् । पुस ८ गते राती बालिका बसेकै कोठामा गइ बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पुस १० गते पक्राउ गरी १२ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
मुद्दा अदालतमा नबुझाउँदै बलात्कारको घटना आर्थिक चलखेलमा मिलाउन खोजेको सार्वजनिक भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख बिषय सार्वजनिक भएको, प्रतिवेदन कांग्रेस नेताको दवावमा फेरिएको भन्ने सार्वजनक भएपछि महिला अधिकारकर्मीहरुले गम्भीर अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा पुस १४ गते ज्ञापन पत्रसमेत बुझाएका थिए । 

0 Reviews:

Post Your Review