आजका प्रमुख खबर हरु पौष २४ - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

आजका प्रमुख खबर हरु पौष २४

आजका प्रमुख खबर हरु पौष २४

Short Description:

Product Description

संविधानका विवादित विषयमा सहमति खोज्न बोलाइएको प्रमुख चार दलको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसीको अपमान गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा बहिस्कार  ।
जातीय आधारमा राज्य पुनसंरचना गर्ने र हिमाल,पहाड तराईलाई अलग गरेर प्रदेश बनाउने कुरामा सम्झौता नगर्ने कांग्रेस र एमालेको निष्कर्ष ।
नौ वर्षकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविसका हरेन्द्र देवलाई पुनरावेदन अदालत सप्तरीद्वारा १० वर्षर्को कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला ।
फ्रान्सको ब्यंग्य पत्रिका शार्ली हेब्डोका सम्पादकसहित १२ जनाको हत्या भएपछि विहीबार  फ्रान्समा राष्ट्रिय शोक घोषणा ।
श्रीलंकामा राष्ट्रपति चयनकोलागि मतदान शुरु , निर्वाचनमा हालका राष्ट्रपति महिन्दा राजापाक्ष र मैथ्रिपाला सिरिसेनाबीच प्रतिस्पर्धा ह“ुदै ।

 समयदेखि रिक्त सर्र्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा परिषदका एक सदस्यले पदबाट राजीनामा दिएपछि न्यायाधीश नियुक्ति थप अन्योलमा ।
मिनुस्का मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा फोर्स मिलिटरी पुलिस युनिटका रूपमा प्रमुख सेनानीको नेतृत्वमा नेपाली सेनाको सैनिक प्रहरी युनिट तैनाथ हुने ।
फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो को कार्यालयमा बुधबार बन्धुकधारीले गरेको आक्रमणमा १० पत्रकार र २ सुरक्षाकर्मी सहित १२ जनाको मृत्यु ।
संबिधानका विवादित बिषयमा छलफलका लागि सत्तारुढ दल कांग्रेस र एमालेको बैठक बालुवाटारमा जारी, छलफलमा दुवै पार्टीका शीर्ष नेता सहभागी  ।
नेपाल आयल निगमको अनुरोधमा जिल्ला प्रशासन र वाणिज्य कार्यालयहरुले अनुगमन थाले,ग्याँसमा सहजता आउने अधिकारीहरुको विश्वास ।
 विभित्र मन्त्रालयद्वारा भुक्तानीका लागि पठाइएको १८ औं सार्क सम्मेलनको  खर्च विवरणमा अनियमितता आशंका गर्दै अर्थ मन्त्रालयले करिब साढे २२ करोड रुपैयाँ भुक्तानी रोक्यो ।
 सदभावना कार्यकर्ताले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाए , ओलीले मधेस मधेसीलाई होच्याउने काम गरेकोले माफी नमागे बैठकमा नजाने संघीय लोकतान्त्रिक मधेसी मोर्चाको निर्णय ।
 राष्ट्रिय स्वाधिनताको अधिकार बाहेक आफूहरुमा अरु कुनै स्वार्थ नभएको भन्दै देशका लागि लड्न र मर्न तयार रहेको नवगठित नेकपा माओवादी संयोजक नेत्रविव्रmम चन्द ’विप्लव’को भनाई ।
 पर्यटन र बिजनेस भिसामा आई नेपाल बसेर आपराधिक गतिविधिमा संलग्न विभित्र २८ देशका ९४ जना विदेशी नागरिक नेपाल सरकारद्वारा  निष्कासित ।
 मुलुकको भएका आन्दोलनका व्रmममा कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीलाई दैनिक ४ सय रुपैयाँ भत्ता दिने सरकारको निर्णय ।
मोरङमा इटाको मुल्य प्रति गोटा १ रुपैया घट्यो , साडे १८ रुपैया पर्ने इटाको मुल्य अब साडे १७ रुपैयामा ।
 म तथा वैदेशिक रोजगार मन्त्रालयले विवादास्पद सहसचिव भरत सुवेदीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्ने निर्णय गरी सामान्य प्रशासन मन्त्रालयसित लिखित सहमति मागेको छ ।

 नेपाल प्रहरीको डीआईजी पदको बढुवा सिफारिसमा नाम नपरेपछि एसएसपी घनानन्द भट्टले राजीनामा दिने भएका छन् ।वरीयताव्रmममा तेस्रो नम्बरमा रहेको आफूलाई बढुवा सिफारिसमा नपारेर अन्याय भएको उनको जिकिर छ ।

0 Reviews:

Post Your Review