फेब्रुअरी १६ तारिख देखि गुगल टक सेवा बन्द हुँदै - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
 फेब्रुअरी १६ तारिख देखि गुगल टक सेवा बन्द हुँदै

फेब्रुअरी १६ तारिख देखि गुगल टक सेवा बन्द हुँदै

ज्ञान बिज्ञान
Short Description:

Product Description


के तपाईं गुगलको भ्वाइस सेवा ‘जीटक’ चलाइरहनुभएको छ ? त्यसो हो भने आगामी सोमबार तपाईंका लागि अन्तिम दिन हुने छ ।
किनकी गुगलले आफ्नो लोकपि्रय भ्वाइस म्यासेन्जर एप्लिकेसन सोमबार अर्थात फेब्रुअरी १६ तारिखदेखि बन्द गर्दैछ ।
केही महिनादेखि गुगलले जीटकको सर्पोट सर्भिस बन्द गरेको थियो । अन्ततः उसले जीटक बन्द गर्दै ह्याङआउट सेवालाई प्रर्बद्धन गर्ने नीति लिएको छ ।
जीटक प्रयोगकर्तालाई गुगगले निरन्तर म्यासेज पठाएर सेवा बन्द हुन लागेकाले ह्याङ्आउटमा डेरा सार्न अनुरोध गरिरहेको छ ।

गुगलले सन् २०१२ देखि ह्याङ्आउट सेवा सुरु गरेको थियो । सन् २०१३ मा गुगलले एप्पल र एन्ड्रोइड प्रयोगकर्तालाई ह्याङआउटमा सिफ्ट गरेको थियो । अहिले पनि विन्डोज कम्प्युटरका लाखौं प्रयोगकर्ताले जीटक सेवा लिइरहेका छन् ।
अबदेखि जीटकको सट्टा क्रोम ब्राउजरमार्फत् गुगल ह्याङआउट प्रयोग गर्न सकिने गुगलले जनाएको छ ।

0 Reviews:

Post Your Review