बलात्कार गर्न युवतीको निम्तो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

यौन /स्वास्थ्य रोचक जानकारी
बलात्कार गर्न युवतीको निम्तो

बलात्कार गर्न युवतीको निम्तो

यौन /स्वास्थ्य रोचक जानकारी
Short Description:

Product Description

महिलाहरुलाई आफ्नो अस्मिता जोगाउन हम्मे हम्मे परिरहेको छ । तर एकजना युवतीले भने आफुलाई बलात्कार गर्नका लागि पुरुषहरुलाई आमन्त्रण गरिरहेकी छिन् । कुनै यौनकर्मी महिलाले ग्राहकलाई निम्तो दिएको पो हो की भन्ने ठान्नुहोला । तर होइन ।
आफुलाई बलात्कार गर्न पुरुषहरुलाई खुल्ला निम्तो गर्ने ती युवती कुनै पेशेवर यौनकर्मी होइनन् । सामाजिक कार्यका लागि भन्दै उनले आफुलाई बलात्कृत गराउन चाहन्छिन् ।
एक युवतीले आफुलाई बलात्कार गर्नका लागि सार्वजनिक रुपमा अपिल गरेको यो भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ । वास्तवमा यसरी आफुलाई सार्वजनिक रुपमै बलात्कार गर्न आग्रह गर्ने युवती भारतीय कलाकार माधुरी देसाइ हुन् । उनको यो भिडियो एक्टिभ इलुसन ग्रुपले तयार पारेर यु ट्युबमा अपलोड गरेको छ ।
दुइ मिनेट लामो यो भिडियोमा माधुरीले खासगरी भारतीय महिलाहरुप्रति हुने यौनहिंसाका विषयमा चेतना जगाउने प्रयास गरेकी छिन् । यो भिडियोमा माधुरीले भारतमा हुने गरेका बलात्कार सम्बन्धि विभिन्न तथ्यहरुलाई पस्किँदै आफुलाई बलात्कार गर्न आह्वान गर्छिन् । यो भिडियोमा बालकदेखि वृद्धावस्थासम्मका पुरुषहरुले विभिन्न सार्वजनिक स्थानमा महिलाहरुमाथि कसरी गिद्धेदृष्टि लगाउँछन् भन्ने कुरालाई सान्दर्भिक तस्वीर सहित प्रस्तुत गरिएको छ ।
भिडियोको सुरुमा उनले दर्शकतर्फ हेरेर अनौठो पाराले आफुलाई बलात्कार गर्न आग्रह गर्छिन् । यो भिडियो मार्फत उनले चाहे बाबु होस् वा श्रीमान वा छिमेकी सबैले महिलालाई सिकार बनाउने गरेको बताएकी छिन् । कहाँ कहाँ र कसरी महिलामाथि यौन हिंसा हुने गर्छ भन्ने कुरा समेत उनले खुलासा गरेकी छिन् ।

0 Reviews:

Post Your Review