एउटै तार भए पुग्छ कम्प्युटर र ल्यापटपमा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
एउटै तार भए पुग्छ कम्प्युटर र ल्यापटपमा

एउटै तार भए पुग्छ कम्प्युटर र ल्यापटपमा

ज्ञान बिज्ञान
Short Description:

Product Description

कम्प्युटर, ल्यापटप वा टेलिभिजनका थुप्रै तारले तपाईको कार्यकक्ष वा कोठा भरिएको हुनसक्छ । जसले गर्दा तपाईं सधै मुसाको डर मान्नुपर्ने अबस्थामा रहनुपर्छ । पावर केवल, युएसवी केवल, मोनिटर केवल लगायत थुप्रै तारको सुरक्षाको हैरानी सधै रहन्छ ।
तर, अब तपाईले केही समयभित्रै यस्तो हैरानीबाट मुक्ति पाउनुहुनेछ । अर्थात कम्प्युटर वा ल्यापटपमा प्रयोग हुने तीन चार थरि केवलको सट्टा अब एउटै केवल आउँदै छ जसले यी सवैको काम एकैपटक गर्छ ।
बजारमा आउने तयारीमा रहेको ‘युएसवी टाइप-सी’ ले तपाईलाई धेरै तारको झण्झटबाट मुक्त गर्ने छ । जस्तोः अहिले तपाईको ल्यापटपमा पावर पोर्ट, भिडियो पोर्ट, युएसवी पोर्ट हुन्छ । नयाँ आउन लागेको युएसवी टाइप-सीले यी तीनवटैलाई एउटामा समाहित गर्ने छ र एउटै पोर्ट र एउटै केवलबाट सवै काम हुनेछ ।
हालै सार्वजनिक भएको गुगलको क्रोमबुक र एप्पलको नयाँ म्याकबुकमा युएसवी टाइप सी पोर्टको ब्यबस्था गरिएको छ ।
अहिले तत्कालका लागि तपाईले युएसवी टाइप सीमार्फत चलाउन एउटा बेग्लै एडप्टर किन्नुपर्छ । तर, जब यसको प्रयोग सर्वब्यापी हुन्छ, निकै छिटो तपाईले एउटामात्र पोर्ट भएको ल्यापटप वा कम्प्युटर स्क्रिन किन्न पाउनुहुनेछ ।
युएसवी टाइप सीको फाइदा यतिमात्र हैन, यो अघिल्ला युएसवी पोर्टभन्दा निकै तिब्र गतिको हुने छ र स्मार्टफोनले प्रयोग गरिरहेका मिनि र माइक्रो युएसवीलाई पनि बिस्थापित गरिदिने छ ।
टाइप सी युएसवी ओपन स्टाण्डर्डको हुने छ अर्थात कुनै ब्राण्ड वा कुनै कम्पनीको एक्सक्लुसिभ उत्पादन हुने र त्यसमा मात्रै फिट हुने खालको हुनेछैन् । पुराना पोर्टसँग पनि सजिलै चलाउन सकिने अर्थात ब्याकवार्ड कम्पाटिवल हुने छ ।
अघिल्ला युएसवीभन्दा सानो आकारको हुनेछ, निकै पातला फोन वा ल्यापटपमा पनि सुन्दर ढंगले राखिएको हुनेछ ।
हेर्नुहोस् भिडियो-

0 Reviews:

Post Your Review