एफएम रेडियोको सङ्ख्या छ सय अठतीस पुग्यो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
एफएम रेडियोको सङ्ख्या छ सय अठतीस पुग्यो

एफएम रेडियोको सङ्ख्या छ सय अठतीस पुग्यो

SHYANE समाचार
Short Description:

Product Description

नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् । बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा आएका छैनन् । असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन् । सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाई एकै सहर वा गाउँमा धेरैवटा एफएम रेडियो खोल्नुभन्दा पनि एउटा पनि नभएको ठाउँमा खोल्नु स्वाभाविक मान्न सकिने धारणा राख्नुहुन्छ । रेडियोको सङ्ख्यामा वृद्धि भए तापनि त्यसको स्थायित्वमा चुनौती देखिएको उहाँको अनुभव छ । सरकारले विसं २००७ मा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो । त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो । निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले भन्नुभयो – “नेपाल लोकतान्त्रिक मुलुक भएको नाताले निजी क्षेत्रबाट एफएम सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सक्छ, तर त्यसको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयम् नै जिम्मेवार हुनुपर्छ ।” ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले दिनमा १२/१३ घन्टा विद्युत् भार कटौती हुने र विज्ञापनको बजारसमेत कमजोर भएको मुलुकमा ६३८ वटा एफएम रेडियोको आवश्यकता नहुने बताउनुभयो । रासस 


from SHYANE http://ift.tt/1Hs5t4G
via समाचार

0 Reviews:

Post Your Review