'कन्ट्याक्ट लेन्स' फेसन बन्दै - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
'कन्ट्याक्ट लेन्स' फेसन बन्दै

'कन्ट्याक्ट लेन्स' फेसन बन्दै

SHYANE समाचार
Short Description:

Product Description

 अहिले मानिसहरु चश्माको सट्टा कन्ट्याक्ट लेन्सतर्फ आकर्षित भइरहेका छन्। आफ्नो आँखा कमजोर भएको अरुलाई थाहा नहोस् भनेर मानिसहरु कन्ट्याक्ट लेन्सको प्रयोग गर्छन। आखाँको पावर माइनस ३ देखि माइनस ४ हुन्छ  त्यस्तो समस्यालाई लासिक भनिन्छ।
 
यो समस्या भएका व्यक्तिहरुले हाइ पावर भएको मोटो चश्मा लगाउनु पर्ने हुन्छ। यस्तो समस्या भएका मानिसहरु प्राय जसो आँखाको अप्रेशन गराउने गर्छन्। जो मानिसहरु अप्रेशन गर्नबाट डराउँछन् विशेष गरि त्यस्ता मानिसहरु चश्मा र कन्ट्याक्ट लेन्स प्रयोग गर्ने गर्छन्।
 
यसका साथै कम उमेरमा धेरै पावरको चश्मा लगाउनु पर्ने भएकाले पनि मानिसहरुको कन्ट्याक्ट लेन्स प्रति चासो बढ्दै गरेको देखिन्छ। कन्ट्याक्ट लेन्सको प्रयोग गरेपछि चश्माको प्रयोग गर्नु पर्दैन्। लेन्सको प्रयोग पछि आफ्नो आँखाको पावर कम छ भनेर अरुले थाहा पाउँदैनन्।
 
विशेष गरि १८-१९ वर्ष देखि २७-२८ वर्ष उमेरका मानिसहरु कन्ट्याक्ट लेन्स तर्फ बढी आकर्षित भएको पाइन्छ। कन्ट्याक्ट लेन्स फेसनका रुपमा पनि अगाडि बढी रहेको छ। खास गरि युवा पुस्ता यसको प्रयोग बढी गर्छन्। आफ्नो आँखाको नानीको रङ्ग फरक देखाउनका निम्ति र पार्टीमा आफूलाई भिन्न देखाउन युवा पुस्ताले यसको प्रयोग गरेको देखिन्छ।
 
कन्ट्याक्ट लेन्सको बारेमा सबैलाई मानिसलाई जानकारी नभएका कारण र प्रदुषण बढी भएका कारण नेपालमा यसका प्रयोगकर्ताहरु कम सङ्ख्यामा रहेका छन्। अहिले भने बिस्तारै मानिसहरुलाई कन्ट्याक्ट लेन्सको बारेमा जानकारी भइरहेकाले यसको प्रयोग बढ्दै गइरहेको छ।
 
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको गेटमा रहेको सोनिया अप्टिक्सका संचालक गोपाल अग्रवालका अनुसार बजारमा अहिले विभिन्न किसिमका कन्ट्याक्ट लेन्स उपलब्ध रहेका छन्। चीन, भारत र अमेरिकी कन्ट्याक्ट लेन्स बजारमा पाउन सकिन्छन्। प्राय जुसो अमेरिकी लेन्सहरुको प्रयोग बढी हुने गर्छ।
 
यी लेन्सहरु १ हजार २ सयदेखि ३ हजार २ सय रुपैयाँ सम्मका रहेका छन्। मानिसहरु डाक्टरका सल्लाहमा आफूलाई ठिक हुने लेन्स खरिद गर्छन्। यी लेन्सहरु सिलीकनले बनेका हुन्छन्। धेरै तापका कारण यी लेन्स पग्लिन सक्छन्, त्यसैले यी लेन्स प्रयोग गर्दा सावधान अपनाउनु पर्ने हुन्छ।
 
कन्ट्याक्ट लेन्सहरु सिल खोलेको एक वर्ष सम्म मात्र प्रयोग गर्नु पर्ने ह्ुन्छ। लेन्सका कारण नेपालमा अहिले सम्म कुनै पनि समस्या नआएको अग्रवालले बताए। लेन्सका फाईदाका साथै केहि बेफाईदा पनि रहेका छन्।
आँखालाई चाहिने अक्सिजन लेन्सले छेक्ने हूँदा आँखा सुख्खा हुने, दृष्टि धमिलो हुन सक्छ। यसका साथै आँखा चिलाउने, परेली चिलाउने, एलर्जी र इन्फेक्सन जस्ता समस्याहरु देखिन सक्छन्। यदि यस्ता कुनै पनि समस्याहरु देखा परेमा तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्छ। 


from SHYANE http://ift.tt/1E9EkDl
via समाचार

0 Reviews:

Post Your Review