नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र ! - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !

नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !

SHYANE समाचार
Short Description:

Product Description

हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति ? भनाई र विश्वास आआफ्नैखाले छन । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोच, भूत प्रेत, पिचास, डंकिनी (बरु यि भनेकै वास्तबिकरुपमा के हुन चाहि थाह छैन है !), बोक्सी, राक्षस र अपसकुनहरुलाई रोकेर मन्दिरभित्र पसन दिँदैन । र देउताको रक्षा गर्छन । भन्न त विषालु सर्प, बिच्छी र अन्य जिवजन्तुलाई भित्र पस्नबाट रोक्छनपनि भनिन्छ । चट्याङ पर्नबाट रोक्छ भन्नेहरुपनि प्रशस्तै हुने रहेछन । त्यस्ता नांगा कलाहरु देखेपछि त्यस्ता खराब तत्व भित्र पस्दैनन भनिन्छ (लाज मान्ने रहेछन कि के हो भूत प्रेतलेपनि !!!) । तर अचम्म, हामीले सुन्दै, देख्दै र विश्वाश गर्दै आएको त्यो भनाई त सत्य होइन रहेछ कि के हो ? नेपालमा रहेका एक जना पूर्व कूटनितिज्ञ त बडो भिन्न तर रोचक तर्क पो गर्छन । उनले त्यसलाई त नेपालीले यौन गर्न नजान्ने प्रसंगसँग पो जोडे । नेपालीले यौन क्रिया गर्न नजानेकोले त्यस्ता कलाहरु कुँदिएको उनको तर्क रहेछ ।  
उनको तर्क अनुसार त्यो बेला यौनको बारेमा नेपाली समाज निकै साँघुरो थियो । यौन बारेमा खुला कुराकानी गर्दा दण्डित नै हुनुपर्थ्यो । त्यो बेला सञ्चार माध्यमपनि थिएनन । फिल्म र भिडियोपनि हुने भएन । परिवारमा लाजको विषय भएपछि बाबु, आमा, दाजु भाइ वा समाजले सिकाउने, सुनाउने कुरापनि भएन । कहिँ, कतै सुन्दै नसुन्ने, देख्दै नदेख्ने गरेपछि यौन गर्नुपर्छ भनेर कसरि थाह पाउने त ? त्यो बेला सबैभन्दा सजिलो र सहज तरिका त्यहि टुँडाललाई बनाए रे त्यति बेलाका धर्म गुरु, कलाकारहरुले । भन्न चाहि त्यस्तै पिचास, भूत रोक्छ, सर्प भाग्छन भनेपछि मान्य भयो मन्दिरमा बनाउन । देउतालाई बचाउन भनेपछि जेपनि स्विकार्य हुने भयो । तर मुल कारण चाहिँ यौनबारे सिकाउन हो रे । 
उनी हुन फँसिस द नोइयल । सन १९५० ताका उनी भारतकोलागि फ्रान्सेली दुतावासमा francis-de-noyelle-012.jpgसांस्क्रितिक सहचारी थिए । त्यो बेला नेपालमा फ्रान्सेली दुतावास थिएन । भारतकैले हेर्थ्यो । पछि उनी नेपालका लागि राजदूतनै भएर गए । तिनै नोइयल हुन जसले अन्नपूर्ण जेठो हिमालमाथि पहिलो पटक भएको फ्रान्सेली आरोहणको सम्पूर्ण योजना मिलाएका थिए भारतमै बसेर ।
करिब आठ महिना अगाडि उनैको निवासमा भेट भएको थियो । त्यतिबेला मुलत: नेपाल-फ्रान्स संबन्ध, त्यो बेलाको कूटनीति, नेपाल-भारत संबन्ध, राणाहरुको सोच, नेपालमा गरिएको पहिलो आरोहण जुन फ्रान्सेलीले गरेका थिए आदि इत्यादी बारे चासो राखियो । त्यहि बेला उनले नेपाल र भारतमा खिचेका निकै पुराना तस्बिरहरु देखाए । उनको एल्बममा हेर्दा त छक्कै परियो । उनले त मन्दिरका टुँडालमा भएका फरक फरक द्रिष्यका बग्रेल्ती खिचेका रहेछन नांगा कलाको फोटो । त्यति धेरै फोटो देखेपछि चासो राखियो किन होला भनेर । हाम्रो जिज्ञासामा बडो चाख दिएर तस्बिरहरु देखाउँदै उनले भने-तपाइँ नेपालीहरुलाई सेक्स गर्न आउँथेन नी । सिक्ने सिकाउने चिज नै, थाह पाउने माध्यम नै थिएन । त्यहि सिकाउन त मन्दिरका टुँडालहरुमा त्यस्ता नांगा कलाहरु कुँदेको नी जताततै” । पहिलो पटक सुनेकोले अचम्म र रोचक दुबै लाग्यो । तर हो होइन दुबै भन्न सकिएन । उनले चाहिँ वास्तबिकता नै त्यहि हो भन्दै थिए ।


from SHYANE http://ift.tt/1NA5pZn
via समाचार

0 Reviews:

Post Your Review