किन देखिन्छ ? आँखामुनि कालो धब्बा - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
किन देखिन्छ ? आँखामुनि कालो धब्बा

किन देखिन्छ ? आँखामुनि कालो धब्बा

SHYANE समाचार
Short Description:

Product Description

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ । यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर सिधै आँखाँ मुनिको भागमा पर्न जान्छ । तपार्इँ थकित हुँदा पनि यस्तो कालो धब्बा र रेखा देखिन्छ । ‘जब थाक्नुभएको छ वा कमप्युटरमा बढी समय बस्नुहुन्छ वा धुलो र धूवाँ निस्कने ठाउँमा हुनुहुन्छ भने यसले तपाईँको आँखाको छालामा चिल्चिल्याउँछ । तपाईँ बिस्तारै आँखालाई रगेट्न वा घोट्न थाल्नुहुन्छ । अनि आँखााँ धब्बा र रेखा देखिन्छ,’ उनी भन्छिन् । तपाईँलाई राम्रोसँग निद पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ । ‘अनिदै बस्दा तपार्इँको छाला खराब देखिन्छ । कालो धब्बाले आखालाई कुरुप नै बनाउँछ,’ उनी थप्छिन् । तर, कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन् । त्यसैगरी उमेर छिप्पिदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिन्छ । बुढेसकालमा आँखाको वरपर रहेका कोमल तन्तुहरु खुकुलो हुने र चिल्लोपन बिस्तारै हराउन थालेपछि पनि यस्तो धब्बा देखिन्छ । ‘बृद्धा अवस्थामा आखाँमुनिको भित्री भाग खोक्रो हुदै जान्छ, तसर्थ आँखामा प्रकाश आर्वतन हुदैन जसका कारण कालो छायाँको असर देखिन्छ,’ उनी भन्छिन् । 


from SHYANE http://ift.tt/1KWXmjA
via समाचार

0 Reviews:

Post Your Review