टी २० मा दक्षिण अफ्रिकाद्धारा भारत पराजित - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
टी २० मा दक्षिण अफ्रिकाद्धारा भारत पराजित

टी २० मा दक्षिण अफ्रिकाद्धारा भारत पराजित

SHYANE समाचार
Short Description:

Product Description

असोज १६। दक्षिण अफि्रकाले पहिलो टी-२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।
धर्मशालामा भएको खेलमा भारतले दिएको २०० रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा भट्टायो । उसका लागि हासिम अमला र एबी डिभिलियर्सले राम्रो सुरुवात दिलाए ।
आठौं ओभरमा अमला ३६ रनमा आउट भए । दशौं ओभरमा डिबिलियर्स ५१ रनमा पभेलियन फर्किए, जतिबेला दक्षिण अफि्रकाको ९३ रन बनाए । त्यही ओभरमा फाफ डुप्लेसिस मात्र ४ रनमा बोल्ड भए ।
तर, जेपी डुनिमीले दक्षिण अफ्रिकाको पारी सम्हाले । १३ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ११५ रन बनाएको थियो र रन रेट ८.४४ थियो । त्यसपछि डुमिनीले आक्रामक पारी खेल्दै खेल दक्षिण अफि्रकाको पक्षमा पारे ।
उनले सात छक्का र एक चौकाको मदत ६७ र बनाए । डुमिनीलाई साथ लिएका बेहरदीनले २३ बलमा ३२ रन बनाए ।
२० औं ओभरको तेस्रो बलमा डुमिनीले छक्का हान्दै स्कोर बराबरी गरे भने अर्को बलमा जित दिलाए ।
यसअघि भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो ।
शारतका रोहित शर्माले टी-२० अन्तराष्ट्रियमा पहिलो शतक बनाए । उनले मात्र ६६ बलमा १२ चौका र पाँच छक्काको मदतमा १०६ रन बनाए ।
दोस्रो सविकेटका लागि रोहित शर्मा र विराट कोहलीले १३८ सनको साझेदारी गरे । कोहली ४३ रनमा आउट भए ।


from SHYANE http://ift.tt/1VvUorh
via समाचार

0 Reviews:

Post Your Review