फेसबुक पेजलाई स्मार्ट बनाउने तरिका - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
फेसबुक पेजलाई स्मार्ट बनाउने तरिका

फेसबुक पेजलाई स्मार्ट बनाउने तरिका

SHYANE समाचार
Short Description:

Product Description

प्राय : सबैको फेसबुक पेज उस्तै हुन्छ । धेरै प्रयोगकर्ताहरुलाई आफ्नो टाइमलाइनमा खासै नयाँ प्रयोग गर्दैनन् । तर, अलिकति मेहनत गरेर तपाई आफ्नो फेसबुक टाइमलाइनलाई सबैले हेरुँ हेरुँ लाग्ने बनाउन सक्नुहुन्छ ।
यसका लागि तपाईंले यस्ता व्यक्तिहरुलाई फलो गर्ने र साथी बनाउने गर्नुपर्छ, जो अरुलाई सहयोग गर्न सक्छन् । त्यस्ता व्यक्तिहरुको फिड तपाईको टाइमलाइनमा देखिनु हुँदैन, जो केवल आफ्नो बारेमा तपाईंलाई बताउन चाहन्छन् ।
कोही केवल धार्मिक सन्देश तपाईको टाइलाइनमा लेख्छन् भने यस्ता व्यक्तिहरुलाई मन पराउनेहरु पनि हुन सक्छन् तर थोरै ।
कोही यस्तो होस जसले तपाईंलाई कुनै पनि चिजको बारेमा तपाईको जानकारी बढाउन मद्दत गरुन् । यस्ता व्यक्तिलाई धेरैले मन पराउछन् । अब हुन सक्छ तपाईले आफ्ना केहि साथीहरुलाई फलो गर्न छोड्नुपर्छ ।
केहि यस्ता साथीहरु छन् जसका पोष्ट तपाई झट्टै हेर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईले आफ्नो ‘न्यूज फिड प्रिफरेन्स’मा गएर फेरबदल गर्नुपर्छ । त्यहाँ पिपुलमा क्लि गर्नुस र त्यसपछि पेजेज या ग्रुप्स छान्नुस् । त्यहाँ तपाईले एउटा ड्रप डाउन मेन्यू देख्नु हुनेछ जहाँ गएर क्लिक गर्नुपर्छ ‘सी फस्र्ट’ । यति गरेपछि उक्त व्यक्तिको कुनै पनि पोस्ट छुट्दैन ।
कयौंपटक अन्जान गेम वा एपमा जोडिनका लागि तपाईलाई साथीहरुबाट निमन्त्रणा आउछ ।
यस्ता सुझावहरुलाई किन देखाउने आफ्नो टाइमलाइनमा ? यदि कुनै ऐप वा गेमको निमन्त्रणालाई ब्लक गर्न चाहनुहुन्छ भने यसका लागि फुसबुकको सेटिङमा जानुस् र बायाँतर्फ ब्लकिङमा क्लिक गर्नुस् । यदि कुनै मित्रबाट ज्यादा निमन्त्रणा आइरहेको छ भने उसको नाम त्यहाँ टाइप गर्नुस् । यति गरेपछि उबाट इन्भाइट आउन बन्द हुन्छ ।
फेसबुकमा ६७ किसिमका नोटफिकेसन हुन्छन् । यदि तपाईंले त्यसलाई राम्रो व्यवस्थापन गर्न सक्नुभएन भने तपाईंको स्मार्टफोन वा ट्यावलेटमा अनावश्यक नोटिफिकेसनका इमेलले हैरान बनाउँछ । त्यसैले आफ्नो फेसबुक पेजमा रहेको ग्लोबमा क्लिक गरेर छान्नुस् कि कुन कुन नोटिफिकेसन तपाईलाई चाहिन्छ ।
बीबीसीको सहयोगमा


from SHYANE http://ift.tt/1Q2K8au
via समाचार

0 Reviews:

Post Your Review