आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

समाचार
आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु

आफ्नै बसबाट किचिएर सहचालकको मृत्यु

समाचार
Short Description:

Product Description

कार्तिक ७।  विराटनगर। आफ्नै बसले किच्दा ६ गते बिहान सहचालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहकको सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
प्रहरीको सुरक्षा घेराका लागि पर्खेर बसेका सो बसका सहचालक कार्की सोही बसमुनि भूँइमा सुतेको अवस्थामा बस चालकले बस अगाडि बढाउने क्रममा कार्की किचिएका थिए ।
बससहित चालकलाई अनुससन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

0 Reviews:

Post Your Review