सावधान ! यसरी तपाईको मोबाइल ‘लक’ हुन सक्छ - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

ज्ञान बिज्ञान
सावधान ! यसरी तपाईको मोबाइल ‘लक’ हुन सक्छ

सावधान ! यसरी तपाईको मोबाइल ‘लक’ हुन सक्छ

ज्ञान बिज्ञान
Short Description:

Product Description

अमेरिकी सुरक्षा कम्पनी ‘जेडस्केलर’ ले एउटा यस्तो एन्ड्रोयड एप्लिकेशनबाट सावधान तुल्याएको छ जसले प्रयोगकर्ताबाट रकम असुली गरिरहेको छ ।
‘एडल्ट प्लेयर’ नामको उक्त एपले पोर्न सामग्री उपलब्ध गराउँछ । यसलाई ‘प्ले’ गर्नासाथ मोबाइलको फ्रन्ट क्यामेराले प्रयोगकर्ताकोतस्वीर लिन्छ ।
त्यसपछि फोन ‘लक’ हुन्छ र स्क्रिनमा ग्राहकसँग ५०० डलरको माग गर्दछ । रकमको माग गरेपछि प्रयोगकर्तालाई अगाडी बढ्न मुस्किल हुने गर्दछ ।
सुरक्षा विशेषज्ञका अनुसार ‘रेन्समवेयर’ अर्थात् प्रयोगकर्तासँग असुली गर्ने सफ्टवेयर तीब्र गतिमा बढिरहेको साइबर अपराध हो ।
प्रयोगकर्ताको नीजि जानकारी सार्वजनिक गर्ने या डिभाइसबाट डाटा हटाइदिने धम्की दिएर पैसा असुली गर्ने एप्लीकेशनलाई ‘रेन्समवेयर’ भनिन्छ ।
इन्टेल सेक्यूरिटीका अनुसार अघिल्लो वर्ष अगस्टदेखि अहिलेसम्म रेन्समवेयरको मामलामा १२७ प्रतिशत बृद्धि भएको छ ।
सुरक्षा विशेषज्ञहरुका अनुसार यस्ता एप्लिकेशन चिरपरिचित स्टोरहरु ‘गुगल प्ले’ लगायतमा उपलब्ध छैनन् । ती एप्लिकेशन सोझै वेभपेजबाटै इन्स्टल हुने गर्दछन् ।
यदि फोनमा यस्तो कुनै एप्लिकेशन सक्रिय भएमा आफ्नो डिभाइसलाई ‘रि–बुट’ गरेर सेफ मोडमा प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन् । (एजेन्सी)

0 Reviews:

Post Your Review