तपाइलाई कामलाग्ने ६ वेबसाईड - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
तपाइलाई कामलाग्ने ६ वेबसाईड

तपाइलाई कामलाग्ने ६ वेबसाईड

SHYANE समाचार
Short Description:

Product Description


तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले http://ift.tt/1Hrv9Dx मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ । भाषाः केही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्नुहुन्छ । भाषा सिक्नका लागि तपाइँलाई duolingo.com निकै सहयोगी हुन्छ । यो आइओएस तथा एन्ड्रोइडमा निशुल्क उपलब्ध छ । नाचः नाचको मामिलामा केवल पढेर मात्र हुँदैन । यसका लागि ट्युटोरियल भिडियो आवश्यक हुन्छ । यु ट्युबबाट यस्तो भिडियो प्राप्त गर्न सकिन्छ । dancetothis.com मा तपाइँ हिपहप, पप, स्टि्रट, ब्रेक डानस, क्रपिंग एण्ड बलरुम डान्स जस्ता विभिन्न खाले नाचहरुको एडभान्स कोर्स गर्न सक्नुहुन्छ । आत्मरक्षाः तपाइँले आत्मरक्षाको विधि पनि अनलाइनबाट सिक्न सक्नुहुन्छ । अनलाइनबाटै ब्लाक बेल्ट समेत हासिल गर्न सक्नुहुन्छ । Lifehacker.com ले पनि तपाइँलाई यो कला सिकाउँछ । आइओएमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्डोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एप उपलब्ध छ । कम्प्युटर प्रोग्रामिंगः जाभास्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्नका लागि तपाइँ codeacademy.com को मद्दत लिन सक्नुहुन्छ । यो इन्टर्याक्टिभ वेबसाइटमा तपाइँलाई स्टेप बाइ स्टेप इन्स्ट्रक्सन मिल्दछ । साइन अप गर्नुपनि आवश्यक पर्दैन । फ्रि आइप्याड एप ट्रीहाउस तपाइँलाई अब्जेक्टिभ सी, एचटिएमएल, सीएसएस, जाभास्क्रिप्ट, पिएचपी, रुबी तथा एसक्वूएल सिकाउँदछ । पकाउने कलाः पाककला पनि नभै नहुने सीप हो । simplyrecipes.com मा गएर पाक कलाका विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सक्नुहुन्छ । पाककलाका लाग अल रेसिपी, एपिक्युरिअस लगायतका मोबाइल एप पनि उपलब्ध छन् ।


from SHYANE http://ift.tt/1XdXvdy
via समाचार

0 Reviews:

Post Your Review