गोली लागि दुई आन्दोलनकारीको मृत्यु - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
गोली लागि दुई आन्दोलनकारीको मृत्यु

गोली लागि दुई आन्दोलनकारीको मृत्यु

SHYANE समाचार
Short Description:

Product Description

मंसिर ६।  सप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएको छ । यस्तै १७ प्रदर्शनकारी र २५ प्रहरी झडपमा परी घाइते भएका छन् । घाइते मध्ये ५ प्रदर्शनकारी र २ प्रहरीकाे स्थिति गम्भिर रहेकाे छ ।

शनिबार अबेर राति प्रहरीले एक्र्टिङ गरी गाडी चलाउनका लागि धर्नामा बसेका प्रदर्शनकारीलाई भारदह र रुपनी क्षेत्रबाट हटाउन खोज्दा दोहोर भिडन्त भएको थियो । अत्याधिक संख्यामा रेहका मोर्चाका कार्यकर्ताले प्रहरी माथि अन्धकारमा अन्धाधुन्द ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख भिम ढकाल बताएका छन् ।

स्थानिय प्रशासनले साँझ ७ बजेदेखि बिहान ९ बजेसम्म राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सप्तरी प्रहरी प्रमुख ढाकालका अनुसार पटकपटक माइकिङ गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरिएको थियो । लगभग २५ सयको संख्यामा रहेका प्रदर्शनकारीहरु हट्ने कुनै संकेत नपाएपछि प्रहरीले सामान्य बल प्रयोग गरि राजमार्ग खुलाउन खोजेको थियो । 

‘लाठि, मुग्रा बोकेरा आएका माथि हामीले सामान्य बल प्रयोग गरेपछि प्रदर्शनकारीबाटै भारदह क्षेत्रमा अन्धकारमा गोली फायर हुन थाल्यो । त्यसपछि हामीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गर्न थालेका थियौं,’ उनले भने, ‘त्यहाँ भएको घटना क्रश फायरमा परि भएको हो । हाम्रो तर्फ पनि २५ जना घाइते छन् । २ जनाको स्थिति गम्भिर छ ।’

उनको अनुसार प्रहरीको गोली लागि भारदह क्षेत्रमा गाढा–९ का वीरेन्द्र राम र रुपनी क्षेत्रमा जमुनी मध्यपुरा–७ का नागेश्वर यादवको मृत्यु भएको छ । झडपमा परि घाइते भएका २० भन्दा बढीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।
रातिको समयमा भएको गोली प्रहारले बढी मानिस हाताहती भएको हुन सकने दाबी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साहले गरेका छन् । उनकाे प्रहरीले २ सय राउन्ड बढी गाेली चलाएकाे दाबि छ । यस्तै भारदहमै प्रहरीको गोली लागेर ढलेका दुई जनाको शव इलाका प्रहरी कार्यालय भारदहको भ्यानमा सुरक्षाकर्मीले लगेको प्रत्यक्षदर्शीहरुले दाबि गरेका छन् । यसबारे भने प्रहरीले कुनै प्रतिक्रिया दिएकाे छैन ।
उक्त घटनापछि स्थानिय प्रशासनले भारदह, रुपनी र राजविराज बजार क्षेत्रमा बिहान ६ बजेबाट लागु हुने गरि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्युको उल्लंघन गर्दै अहिले पनि भारदह क्षेत्रमा प्रदर्शन भइरहेको छ । यसैबीच आक्रोशित प्रदर्शनकारीहरुले आज बिहान रुपनीमा स.४प. ५३११ नम्बरको मोटरसाईकलमा आगजनी गरिदिएका छन् ।


from SHYANE http://ift.tt/1lBNRAq
via समाचार

0 Reviews:

Post Your Review