नेपाल ११ को दबाब बढ्दो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
नेपाल ११ को दबाब बढ्दो

नेपाल ११ को दबाब बढ्दो

SHYANE समाचार
Short Description:

Product Description

मंसिर ६।   युवा ब्याट्सम्यान राजेश पुलामीले नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को दुई दिवसीय खेलमा शनिबार अर्धशतक बनाएका छन्। पुलामीको ६० रन मदतले नेपाल–११ ले ८ विकेट गुमाई २ सय २८ रन बनाएको छ।
पहिलो इनिङ्समा बढीमा ७० ओभर खेल्न पाउने प्रावधानअनुरूप नेपाल–११ ले तोकिएको पूरै ओभर खेलेपछि इनिङ्स समाप्तिको घोषणा गरेको थियो। यूएई गएको नेपाली टिममा नसमेटिएका राजेशले १ सय ३ बल खेली १० चौका प्रहार गरे। नेपाली यू–१९ का अलराउन्ड दीपेन्द्र ऐरीले ३३ रन बनाए। ७१ बल खेलेका उनले ५ चौका प्रहार गरे।
कप्तान सुवास खकुरेल र नरेश बुढाऐरले पहिलो विकेटमा ६६ रन जोडी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। नरेश ८७ बलमा ३२ र सुवास ५७ बलमा ३३ रन बनाई आउट भए। दुवैले समान ६ चौका प्रहार गरे। प्रदीप ४, दिलीप नाथ शून्य र शक्ति गौचन ५ रनमा आउट भएपछि केही समय दबाबमा परेको नेपाली इनिङ्सलाई राजेश र दीपेन्द्र ऐरीले उकासेका थिए।
करण केसी ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रनमा नटआउट रहे। उनीसँगै इर्शाद अहमद २ रनमा नटआउट रहे। विक्रम सोबले १६ रन बनाए। एमसीसीबाट कप्तान नील डेक्सटर र रिचर्ड विलिक्सनले ३–३ तथा एलेक्स सेनेक र माइकल कोल्सले १–१ विकेट लिए।
विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीले पहिलो दिनको खेल समाप्तिमा ५ विकेट गुमाई ७२ रन बनाएको छ। १८ ओभर खेलेको एमसीसीबाट डेक्सटर २१ रन बनाई क्रिजमा छन्।
एसेक्स र केन्टका अलराउन्डर डेक्सटरले ३१ बल खेली ४ चौका प्रहार गरिसकेका छन्। नेपाल–११ बाट करणले पहिलो ३ विकेट लिएका थिए भने त्यसपछि शक्तिले २ विकेट थपेका थिए।


from SHYANE http://ift.tt/1jdS2R2
via समाचार

0 Reviews:

Post Your Review